पोखरा एक्सप्रेस ,गुल्मी ।
गुल्मीमा निस्सी खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।मुसीकोट नगरपालिका–५, इन्द्रगौडा घर भएकी अन्दाजी २८/२९ वर्षीया कल्पना पुन आइतबार साँझ माइतीघरमा तीज मनाउन जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी हुन् ।प्रहरीका अनुसार उनी मुसीकोट–५ स्थित घरबाट इस्मा गाउँपालिका–४, हुलामा रहेको माइतीघर जाने क्रममा आइतबार साँझ करिब ७ बजे निस्सी खोला तर्दै थिइन् ।
सोही क्रममा खोलाले उनलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।घटनाबारे स्थानीयमार्फत जानकारी पाएपछि प्रहरी चौकी इस्माबाट प्रहरी सहायक निरीक्षक सुमन रावतको कमाण्डमा चार जनाको टोली घटनास्थलतर्फ खटिएको छ । प्रहरी चौकी पौदीअमराईबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विजयनाथ यादवको कमाण्डमा चार जनाको टोली पनि खोजी तथा उद्धारका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ ।प्रहरी टोलीले स्थानीयको सहयोगमा बेपत्ता पुनको खोजी भइरहेको छ । उनको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया