जानकी मा. वि.लाई हरिहर मन्दिरको सहयोग
- Pokhara Express
- २०८१ चैत ४ मङ्गलबार

५ चैत, पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १७ महतगौडामा रहेको जानकी माध्यामिक विद्यालयलाई सदाशिव हरिहर मन्दिर व्यवस्थापन समितिले आर्थिक सहयोग गरेको छ । धार्मिक क्षेत्रको आम्दानीबाट सो समितिले विद्यालयलाई २५ हजार ५५५ सहयोग गरेको हो ।
चैतको ७ गतेदेखि सञ्चालन हुन गैरहेको एसईई परिक्षालाई व्यवस्थित र मर्यादित वनाउने उदेश्यका साथ विद्यालयमा आयोजित स्थानीय संघसंस्था, सल्लाहकार सहितको बैठकमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र शर्मा भण्डारीले उक्त रकम बराबरको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङलाई हस्तान्तरण गर्नुभएको हो ।
मन्दिर व्यवस्थापन समितिले गत माघे सक्रान्ति ढुङ्गेसाघु मेलाका अवसरमा भएको आम्दानीबाट केही रकम छुट्याएर विद्यालयलाई सहयोग गरिएको सो अवसरमा जानकारी दिइयो । मन्दिरले व्यापार व्यवस्थापन र भक्तजनबाट गरि चारलाख भन्दा बढी आम्दानी गरेको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालय भौतिकरुपमा सम्पन्न भएपनि प्रशासनिक एवम् आन्तरिक खर्च व्यवस्थापन विभिन्न संघसंस्था तथा शिक्षाप्रेमी व्यक्तिहरुको सहयोग महत्वपूर्ण रहदै आएको प्रधानाध्यापक अर्जुन कडेलले जानकारी दिनुभयो । विद्यालयमा हाल लभगत चारसय विद्यार्थी अध्ययनरत छन् ।
चार सामुदायिक र छ संस्थागत गरि १० वटा विद्यालयको एसईई परिक्षा केन्द्र रहेको जानकी माविको परिक्षालाई व्यवस्थित, भय रहित र मर्यादित बनाउन बैठकले सामुहिक प्रतिवद्धता जाहेर गरेको छ ।
नेकपा एमाले बाराही टोल कमिटीमा विरेन्द्र
गण्डकी, ४ चैत (रासस) नेकपा एमाले पोखरा १७ को संङगठन विस्तारका लागि टोल केन्द्रित जरा अभियान जारी रहेको छ । अभियान अन्तर्गत वाराही टोल कमिटीमा सम्पन्न कार्यक्रमले विरेन्द्र राईको अध्यक्षतामा १४ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ ।
सो कमिटीको उपाध्यक्ष रण वहादुर लामिछाने, सचिव अन्जना थापा, उपसचिवद्धयमा आशिष तामाङ र अजय परियार एवम् सदस्यहरुमा गोरी नेपाली, उर्मिला परियार,वम बहादुर घर्तीमगर, शेर वहादुर तामाङ, विकास राई, नर बहादुर दमाई, रेख बहादुर विक,गणेश मिजार, टोपा कुमारी थापा, रोहीत विक रहनु भएको छ ।
नवनिर्वाचित टोल कमिटीका पदाधिकारी एवम् सदस्यहरुलाई एमाले पोखरा १७ का वडाअध्यक्ष विक्रम गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो ।
नेकपा एमाले गण्डकी प्रदेश सल्लाहकार परिषदका सदस्य शान्ता गुरुङले अभियानको उद्घाटन गर्दै जरा अभियानले पार्टीलाई जनतासंग जोडन सहयोगी बनेको बताउनुभयो ।
एमालेको स्पष्ट नीति, विचार र सिद्धान्तका आधारमा मुलुक र जनताको पक्षमा काम गर्दै आएको वताउँदै उहाँले मिसन ८४ अभियान पुरा गर्न नेता तथा पार्टी कार्यकर्ता संगठित भएर लाग्नुको विकल्प नभएको बताउनुभयो ।
पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका कुमारी शाही योगीले यस क्षेत्रको समग्र विकासमा वडा र पार्टीकोतर्पmबाट निरन्तर प्रयास भई रहेको बताउँदै अव्यवस्थित वसोवासीलाई जग्गाको मालिक बनाउने जिम्मेवारीका साथ काम अगाडि बढेको जानकारी दिनुभयो ।
नेकपा एमाले वडा इन्चार्ज सुभाष ढुङगानाले पार्टी र जनप्रतिनिधि सहितको सामुहिक प्रयासबाट यस टोलमा खानेपानी, सडक, विद्युत, सडक जस्ता भौतिक पूर्वाधारले सम्पन्न भएको बताउँदै यस टोलका अधुरा काम पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
टोल कमिटी अध्यक्ष सरोज राईको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि विष्णु कुमारी थापा, सञ्चारकर्मी हरिप्रसाद बास्तोला, पोखरा १७ पार्टी उपाध्यक्ष रिता सुवेदी,निरज राना लगायतले अभियानको उदेश्य र आयआर्जनसंग जोडिनु पर्ने आवश्यकता माथि चर्चा गर्नुभएको थियो ।
आवश्यक भौतिकरुपमा सम्पन्न भएपनि भौतिकरुपमा लाग्न स्थानीय वासिन्दालाई आग्रह गर्नुभयो ।
का नेता तथा कार्यकर्ता एवम् जनप्रतिनिधि सहित जनताको घरघर पुगेर स्थानीय समस्या पहिचान गरि समाधानमा गर्दै पार्टीलाई जनतासंग जोड्ने अभियानमा जुटेका हुन ।
पार्टी जनसंगठन तथा नयाँ पार्टी सदस्यता विस्तार र नविकरण गर्दै वडा तहमा पार्टीको उपस्थितिलाई मजवुद बनाउने उदेश्यका साथ अभियानमा जुटेको एमाले १७ का वडा अध्यक्ष विक्रम गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार कास्की जिल्ला कमिटीको सर्कुलर अनुसार काउसेघारीस्थित हरियाली टोल कमिटीबाट शुरु गरिएको अभियान चैतको ११ गते विरौटा केन्द्रटोल कमिटीमा पुगेर समापन हुनेछ । वडामा कूल १६ वटा टोल कमिटी रहेका छन् ।
अभियानका क्रममा पार्टी नेता तथा कार्यकर्ताको एक टोलीले काउसेघारीस्थित पक्षघात भई लामो समयदेखि विरामी हुनु भएका अग्रज नेता चम्पासिंह गुरुङको घरमा पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो ।
सो अवसरमा गिता गुरुङको अध्यक्षतामा २९ सदस्यीय नेकपा एमाले हरियोली टोल कमिटी काउसेघारी गठन गरिएको छ ।
नेकपा एमाले कास्कीका उपाध्यक्ष भेषराज बरालले नवगठित टोल कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै यस क्षेत्रको विकास निर्माणमा पार्टी जिम्मेवार भएर लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
पार्टी वडाअध्यक्ष विक्रम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य एवम् वडा इञ्चार्ज सुभाष ढुङगाना, जनप्रतिनिधि विष्णुमाया भुजेल,स्थानीय सन्तोष गुरुङ, होम वहादुर कुँवर र वडा सचिव उत्तम सिग्देल टोल कमिटी अध्यक्ष गिता गुरुङ लगायतले स्थानीय समस्या ,पार्टीको विचार सिद्धान्त र अभियानको उदेश्यवारे जानकारी गराउँनु भएको थियो ।
तपाईको प्रतिक्रिया