पोखरा एक्सप्रेस ,पोखरा ।
नेकपा( एमाले )पोखरा महानगर वडा न ३३ ले नेपालीहरूका विभिन्न चाड पर्बहरूको अबशरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको ने क पा ( एमाले ) केन्द्रिय सदस्य तथा पूर्ब मन्त्री जगत बिश्वकर्माले उद्घाटन गरेका थिए।
उनले जनताको सुखदुखको सहयात्री एमाले भएको भन्दै बिकासको अगुवाइमा सधैं अग्रमोर्चामा रहेको बताए।
उनले जनताले दिएको म्यान्डेट स्वीकार गर्दै कमजोरी सुधारेर अगाडि बढन कार्यकतालाई आग्रह गरे। राष्ट्र र माटो शिरमा राखेर जोगाएको देश एकताले नै जोगिएको उनको भनाइ थियो।
उक्त अबसरमा एमाले केन्द्रिय सदस्य रश्मि आचार्यले बिगतका काम र परिस्थितिबाट शिक्षा लिएर पार्टीलाई नयाँ शिराबाट अगाडी बढाउन सबैजना लागि पर्नुपर्ने भन्दै त्यसका लागि पार्टी कटिबद्धताका साथ लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।
गण्डकी प्रदेश सभा सदस्य तथा एमालेका पूर्ब केन्द्रिय सदस्य भिम कार्कीले एमाले अनेक उतार चढावबाट अगाडि बढे पनि अबिचलित जनसेवा र राष्ट्र हितमा लागेको भन्दै अबको समृद्धिको यात्रामा थप योगदान दिने उल्लेख गरे। कार्कीले सबैको अधिकारको लडाइ र बिकासको मुद्दाहरूका सन्दर्भ सधैं आफ्नो पार्टी अब्बल रहेको जिकिर गरे। सो अबशरमा एमाले कास्कीका उपाध्यक्ष भेषराज बराल ,पार्टीका जिल्ला सचिब दर्शन लामा ,पोखरा महानगर कमिटी सचिब सुशील बस्नेत , साबिक भरत पोखरी गा.बि. स. का पूर्ब अध्यक्ष यज्ञ प्रसाद आचार्य, पूर्ब वडा अध्यक्ष शिव प्रसाद आचार्य सहितले पार्टीको अबको कार्य र भाबी रणनीतिका बिषयमा चर्चा गरेका थिए।
वडा कमिटी अध्यक्ष टुकराज भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष शान्तिदेबि आचार्य र संचालन सचिब ऋषिराज आचार्यले गरेका थिए।
तपाईको प्रतिक्रिया