पोखरा एक्सप्रेस ,पोखरा ।
कास्कीको पोखरा महानगरपालिका–१७, बालोदय चोकस्थित सिद्धार्थ राजमार्ग (पोखरा–बुटवल सडकखण्ड)मा मोटरसाइकलको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।
बिहीबार बिहान विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो । पैदलयात्रीलाई ठक्कर दिएपछि मोटरसाइकल अनियन्त्रित भएर सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका–१७ बस्ने १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल पोखरा महानगरपालिका–१७, विरौटा बस्ने ४५ वर्षीय पैदलयात्री कृष्ण कुमालको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनीहरूलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया