भलाम डाँडाखोर वहुउदेश्यीय सहकारीले मनायो स्वर्णजयन्ति
- Pokhara Express
- २०८३ असोज ८ बिहीबार
पोखरा एक्सप्रेस ,पोखरा
सहकारी क्षेत्रमाथि प्रश्न उठिरहेको वर्तमान अवस्थामा यहाँको एउटा सहकारी संस्थाले भने स्वर्णमहोत्सव मनाउन सफल भएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नं. २० मा सञ्चालित भलाम डाँडाखोर वहुउदेश्यीय सहकारी संस्थाले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरि स्वर्णमहोत्सव मनाएको हो ।
संस्थाको कूल शेयर पूँजी चार करोड ५५ लाख ६७ हजार रुपैयाँ रहेको सो सहकारीले विभिन्न क्षेत्रमा करिब नौ करोड रुपैयाँ लगानी गरेको छ । जसमा कृषितर्पm मात्र पाँच करोड भन्दा बढी लगानी गरेको संस्थाका अध्यक्ष तुलसी प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
उहाँका अनुसार संस्थाले विशेषगरी कृषि क्षेत्रलाई आप्mनो प्राथमिकतामा राखेको छ । संंस्थाले कृषकलाई कुखुरा, बाख्रा, गाई भैसीपालन तथा तरकारी खेती, लगायतका उत्पादनमूलक क्षेत्रमा लगानी बढाउँदै आएको छ ।
२०३३ सालमा १२६ जना सदस्यवाट शुरु गरेको सहकारीको पोखरा ११ र २० तथा मादी गाउँपालिकाको केही भूभाग कार्य क्षेत्र रहेको संस्थामा हाल ११०१ जना शेयर सदस्य आवद्ध रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, स्थानीयस्तरमै राजेगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने सहकारीको मुख्य उदेश्य रहेको छ । संस्थाले वैदेशीक रोजगारीतर्पm समेत झण्डै एक करोड रुपैया लगानी गरेको छ ।
गण्डकी प्रदेशका निवर्तमान कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भिम वहादुर कार्कीले स्वर्णमहोत्सव मूल समारोहको उद्घाटन गर्दै नेपालमा सहकारी संस्थाहरुले वचत संकलन, परिचालन र रोजगार सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।
सञ्चालकले वचत कर्ताको रकम अपचलन गर्दा केही सहकारी संस्थाहरुमा समस्या देखिएपनि सिंङगो सहकारी क्षेत्र अहिले पनि सफल छ भन्ने उदाहरण यस संस्थाले प्रमाणीत गरेको बताउँदै उहाँले भन्नुभयो, सहकारी आन्दोलनलाई प्रभावकारी बनाउन सक्षम सञ्चालक तथा शेयर सदस्य र वचत कर्ताको ध्यान पुग्नु आवश्यक छ ।
गण्डकी प्रदेश सभा सचिव गोविन्द पौडेलले ग्रामीण क्षेत्रमा सञ्चालित सहकारीले अहिले पनि शेयर सदस्य एवम् वचत कर्ताको विश्वास जित्न सफल भएको बताउँदै संस्थाले असुलिलाई विशेष ध्यानदिनु पर्नेमा वताउनुभयो ।
पोखरा महानगरपालिका वडा नं. २० का वडाअध्यक्ष गंगा वहादुर केसीले यस क्षेत्रको उत्पादन र रोजगारी सिर्जनामा जोड दिंदै आएको सहकारी यस क्षेत्रको गर्भिलो संस्थाकोरुपमा परिचित हुन सफल भएको विश्वास व्यक्त गर्नुभयो ।
सहकारी अभियन्ता एवम् रोयल सहकारी संस्थाका अध्यक्ष भिम वहादुर गुरुङले सहकारी संस्थाहरुले नाफा मूलक भन्दा पनि सेवामूलक कार्यलाई प्राथमिकतामा राख्नु पर्ने आवश्यकता औल्याउनुभयो ।
कार्यक्रममा जेष्ठनागरिकव्दय ९१ बर्षीय नन्दकली खत्री र ९० बर्षीय नैन वहादुर थापा, पूर्व अध्यक्ष तथा व्यवस्थापकहरु, सफल व्यवसायी कृष्णराज बास्तोला लगायतलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
संस्थाको सप्ताहव्यापी कार्याक्रम अन्तर्गत रक्तदान, वृक्षारोपण,अन्तर माविस्तरीय निवन्ध प्रतियोगिता तथा सरसफाई कार्यक्रमको आयोजना गरिएको संस्थाका सदस्य एवम् कार्यक्रम सञ्चालक मिलन कुमार जिसीले सो अवसरमा जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष तुलसी प्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष रामप्रसाद पौडेल, पूर्व व्यवस्थापक लिला वल्लव न्यौपाने, शेयर सदस्य कृष्णराज बास्तोला, सञ्चालक सदस्य जीवन प्रसाद लामिछाने लगायतले सहकारीको महत्व र यसले समाजमा खेलेको भूमिकाका वारेमा चर्चा गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया