गीतमा भुवन बि.केको शब्द रहेको छ भने संगीत अजय आरएनले भरेका छन्। संगीत संयोजन भुवन बि.के.ले गरेका हुन्। गीतको रेकर्डिङ गोविन्द अनेकले गरेका छन् भने प्रि–मिक्स कमल थापा र मिक्सिङ तथा मास्टरिङ श्याम श्वेत रसाइलीले गरेका छन्।‘पिर दियौ’ गीतले प्रेम सम्बन्धमा आउने पीडा, बिछोड र भावनात्मक उतारचढावलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। उत्कृष्ट शब्द, संगीत र आकर्षक भिडियोका कारण गीतले नेपाली लोकसंगीत प्रेमीको मन जित्ने अपेक्षा गरिएको छ।
गीतको भिडियोमा गायक अजय आरएनसँगै नारायणी खत्री र गोविन्द पहाडीको अभिनय देख्न सकिन्छ। भिडियोको सम्पादन नवीन घर्ती मगरले गरेका छन् भने छायांकन बुद्ध थापाले गरेका हुन्। भिडियोको निर्देशन तथा कोरियोग्राफी मुकेश नेपालीले गरेका छन्।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस
<iframe title=”YouTube video player” src=”https://www.youtube.com/embed/GtA1Sctgwaw?si=Qp_UcWitoJdOdsqq” width=”100%” height=”315″ frameborder=”0″ allowfullscreen=”allowfullscreen”></iframe>
तपाईको प्रतिक्रिया