पोखरा एक्सप्रेस ,काठमाडौं।
नेपाल राष्ट्र बैंकले आजदेखि ५०० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको उक्त नोटको आकार र रङ साविककै राखिएको राष्ट्र बैंकले जनाएको हो।
राष्ट्र बैंकका अनुसार संकेत नम्बर झ३८ ०००००१ देखि ट८३ ९९९९९९ सम्मका नयाँ नोट बजारमा प्रवाह गरिएको हो। नेपाली नोटको नम्बरिङ प्रणालीअनुसार संकेत अक्षरहरू क्रमशः क, ख, ग हुँदै अगाडि बढ्ने व्यवस्था छ। यसपटक प्रयोग गरिएका संकेत अक्षर झ, ञ र ट अन्तर्गत करिब १०–१० लाख थानका दरले कुल ३० लाख थान नोट जारी गरिएको राष्ट्र बैंकले जनाएको छ।
यसअघि राष्ट्र बैंकले २०७८ पुस ९ गतेदेखि ५०० रुपैयाँ दरका ९२०२० सिरिज० २ लाख ४८ हजार थान नोट चलनचल्तीमा ल्याएको थियो।
तपाईको प्रतिक्रिया