पोखरा एक्सप्रेस ,पोखरा ।
गुप्तेश्वर महादेव वहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा ज्ञाजराज शर्मा निर्वाचित हुनु भएको छ । क्याम्पसको १६ औं साधारण सभा एवम् छैटौ अधिवेशनले शर्मालाई निर्वाचित गरेको हो ।
क्याम्पस सञ्चालक समितिको सदस्यहरुमा नारायण बराल,कृष्णप्रसाद लम्साल, इश्वरी लम्साल,दिपक राज बराल र विन्दु कार्की रहनु भएको छ ।
क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष प्रा.डा. टंकराज अधिकारीले सो अधिवेशनको उद्घाटन गर्दै शैक्षिक विकासका लागि क्याम्पसले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै विद्यार्थीको रुचिको विषयमा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।
गुप्तेश्वर महादेव गुफाको आम्दानी शैक्षिक क्षेत्रमा लगानी गर्ने मुख्य उदेश्यका साथ २०६५त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त गरि सञ्चालनमा आएको सो क्याम्पसमा हाल वि.एड,वि.वि.एस,एम वि.एस,वि.एच एम,वि.आइ.ए. लगायतका विषयमा ८२५ जना विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख धर्मराज बरालले प्रस्तुत गर्नुभएको सांगठानीक प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक बर्ष २०८१।०८२ मा क्याम्पस सञ्चालन खर्च एक करोड २० लाख ३८ हजार ८४२ भएको थियो भने विद्यार्थीवाट कूल ३ करोड ६४ लाख १६ हजार १९३ आम्दानी भएको कोषाध्यक्ष युवक लामिछानेले जानकारी दिनुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष प्रा.डा. भुपति ढकाल, गुप्तेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोला,वडा सदस्य विक्रम गुरुङ्ग, सल्लाहकार तिर्थराज अधिकारी, उपाध्यक्ष ऋतुराज लम्साल लगायतले शिक्षाको महत्व र क्याम्पसले खेल्दै आएको भूमिकाबारे प्रकाश पार्नुभएको थियो ।
तपाईको प्रतिक्रिया