पोखरा एक्सप्रेस ,पोखरा ।
पोखराको लेकसाइडस्थित ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा’ ले आफ्नो स्थापनाको पहिलो वर्ष पूरा गरेको अवसरमा विविध सामाजिक कार्यक्रमहरु सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा बुद्ध जयन्तीको विशेष अवसरसँगै होटलले सामाजिक उत्तरदायित्व र आन्तरिक व्यवस्थापनलाई समेट्दै विविध कार्यक्रमहरु सम्पन्न गरेको हो ।
होटलले पहिलो चरण अन्तर्गत नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । होटलका कर्मचारी तथा स्थानीयको सहभागितामा कुल ३५ युनित रगत संकलन गरियो थियो । यसैगरी, होटलको सफलतामा महत्वपूर्ण भूमिका खेल्ने ७० जना कर्मचारीमध्ये कार्यसम्पादनका आधारमा उत्कृष्ट ठहरिएका ६ जना कर्मचारीलाई ’उत्कृष्ट कर्मचारी पुरस्कार’ द्वारा सम्मानित गरियो । सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै होटलले लेकसाइडस्थित स्ट्रिट नं. १७ क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गर्यो ।

यसैगरी वार्षिकोत्सवको अर्को चरणमा होटल निर्माणमा प्रत्यक्ष योगदान पु¥याउने काष्ठकला निर्माणकर्ता, ढुंगाका शिल्पकार, इन्टेरियर डिजाइनर तथा अन्य विभिन्न सहयोगी महानुभावहरुलाई विशेष सम्मान गर्ने कार्यक्रम तय गरिएको सञ्चालक विश्वराज पौडेलले जानकारी दिए ।
सन् २००८ मा हल्लनचोकमा ’चिल्ली बार एण्ड रेस्ट्रो’ मार्फत पर्यटन क्षेत्रमा पाइला चालेका सफल पर्यटन व्यवसायी दाजुभाइ विश्वराज पौडेल र भिष्मराज पौडेलको संयुक्त लगानीमा यो होटल सञ्चालनमा आएको हो ।

नेपाली वास्तुकला, काष्ठकला र ढुंगाको हस्तकलालाई आकर्षक ढंगले प्रस्तुत गरिएको यस होटलमा प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको अनुपम संगम देख्न सकिन्छ । “हामीले केवल शारीरिक विश्राम मात्र होइन, पाहुनालाई आत्मीय आतिथ्यता मार्फत आत्मिक सन्तुष्टि दिने लक्ष्य राखेका छौं,“ अर्का सञ्चालक भिष्मराज पौडेले बताए । हरियाली वातावरण र दक्ष जनशक्तिमार्फत गुणस्तरीय सेवा दिँदै आएको टेम्पल बेल बुटिक होटलले छोटो समयमै पोखराको पर्यटन बजारमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।
तपाईको प्रतिक्रिया