पोखरा एक्सप्रेस ,काठमाडौं ।
सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । यस्तै तीन जना बेपत्ता भएका छन् ।आइतबार दिउँसो २ बजे धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा मोटरबोट दुर्घटना भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
भोजपुरबाट बराहक्षेत्रतर्फ आउने क्रममा मोटरबोट दुर्घटना भएको हो । मोटरबोटमा १४ जना सवार थिए । दुर्घटनामा परेर बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।सशस्त्र प्रहरी बल नेपाल नं. १ बाहिनीबाट पाँच जना गोताखोरसहित नौ जना, सुरक्षा बेस रामपुरबाट दुई जना डिएमसहित छ जना र विपद् व्यवस्थापन बेस चतराबाट पाँच जना डिएमसहित नौ जनाको टोली घटनास्थलमा खटिएको छ ।दुर्घटनाको कारण खुल्न बाँकी छ ।
तपाईको प्रतिक्रिया