लेउवा संघमा ‘बिजनेश ईन्कुबेशन’ सम्बन्धी अभिमुखिकरण
- Pokhara Express
- २०८३ बैशाख १० बिहीबार
लेखनाथ क्षेत्रमा दिगो पर्यटन सम्बन्धी नवप्रर्वतनशिल व्यवसायहरुको वृद्धि उन्मुखका लागि सञ्चालन हुन गईरहेको ३ महिने व्यवसाय सम्र्वद्धन कार्यक्रमको विषयमा जानकारी दिने उद्धेश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा ‘द ईन्कुबेटर एकेडेमी’ का सञ्चालक निरज खनाल र दिप्ती खकुरेलले बिजनेश ईन्कुबेशन र आगामी कार्यक्रमको बारेमा सहजकिरण गरेका थिए ।
कार्यक्रममा स्वागत गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुलीले व्यवसायीक योजना र काम गर्ने ईच्छाशक्ति हुँदाहुँदै पनि उपयुक्त व्यवसायीक वातावरण र लगानी नभएर व्यवसायी बन्न नसक्नेहरुका लागी यो कार्यक्रम सुर्वण अवसर भएको वताउँदै आफ्नो व्यवसायीक योजना पेश गर्न आव्ह्वान गरेकी थिईन ।
लेखनाथ उद्योग वाणिज्य संघको आयोजना तथा औधोगिक व्यवसाय विकास प्रतिष्ठानको सहयोग र ‘द ईन्कुबेटर एकेडेमी’को सहकार्यमा नवप्रर्वतनशिल व्यवसायहरुको प्रर्वद्धनका लागी सञ्चालन हुने परियोजना करिब तिन महिनासम्म सञ्चालन हुनेछ ।
परियोजना अन्र्तगत पहिलो चरणमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ भने दोश्रो चरणमा आवेदन आव्ह्वान, तेश्रो चरणमा शीर्ष १० व्यवसायीहरुको छनोट गरि ३ दिने बुट क्याम्प सञ्चालन गरिनेछ भने चौंथो तथा अन्तिम चरणमा ईन्क्युबेशन तथा मेन्टरशिप सहयोग प्रदान गरिनेछ ।
कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिहरुले सुचना प्रविधि, कृषि उत्पादन, ट्राभल, पर्यटन, सुनचाँदी, हस्तकला, फर्निचर, निर्माण लगायतका क्षेत्रबाट लेखनाथ क्षेत्रको दिगो पर्यटनमा टेवा पुग्ने खालको व्यवसायीक योजना सहित आवेदन दिनुपर्नेछ । आवेदन यहि बैशाख १३ गतेसम्म लेखनाथ उद्योग वाणिज्य संघको कार्यालय वा संघको वेबसाईटमा गएर अनलाईनमार्फत आवेदन दिन सक्नेछन ।
वृद्धि खोजिरहेका तथा नवप्रर्वतनमा आधारित भएका व्यवसायहरुका लागि सार्वजनिक आव्ह्वान गरि नवप्रर्वतन, दिगोपन, विस्तार सम्भावना तथा बजार क्षमताका आधारमा १० व्यवसायलाई छनोट गरिनेछ ।
संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले गरेका थिए ।
तपाईको प्रतिक्रिया