पोखरा एक्सप्रेस , काठमाडौं।
चालू आर्थिक वर्ष २०८२/८३ को ९ महिना (साउन-चैत)सम्म नेपालले ३२ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको धाचामल भित्रिएको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा मुलुकमा ६ लाख ३८ हजार ७८७ टन धान, चामल, कनिका र बिउ भित्रिएको हो। गत आव २०८१/८२ सोही अवधिमा ३२ अर्ब १२ करोड ९७ लाख बराबरको ६ लाख ५० हजार ४६ टन धानचामल आयात भएको थियो।
तथ्यांकअनुसार चालू वर्ष ९ महिनामा कच्चा धान आयातमा भने उल्लेख्य गिरावट आएको छ। गत वर्षको सोही अवधिमा १८ अर्ब ५ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख ७२ हजार २१२ टन धान आयात भएको थियो।
तयारी चामल आयात भने ह्वात्तै बढेको छ। चालू वर्ष समीक्षा अवधिमा ६ अर्ब ८१ करोड ८६ लाख बराबरको ५९ हजार ८ सय १९ टन बास्मती चामल भित्रिएको छ।
तपाईको प्रतिक्रिया