पोखरा एक्सप्रेस ,काठमाडौं।
कालिञ्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङको कार्यालयमा आज बिहान कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो।
धितोपत्र बिक्री प्रबन्धकका अनुसार आईपीओमा २७ लाख ८४ हजार ५१९ आवेदन परेको थियो। त्यसमध्ये २६ लाख ३५ हजार ६३४ आवेदकबाट माग भएको कुल २ करोड ९१ लाख ८२ हजार ६४० कित्ता सेयर सदर भएको थियो।
मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट आईपीओ बाँडफाँट गरिएको छ। भाग्यमानी ६८ हजार ४७५ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। कुल सदर आवेदनमध्ये २५ लाख ६७ हजार १५९ आवेदकको हात खाली भएको छ।
शिखर पावरले गत चैत २२ देखि चैत २५ सम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुलाएको थियो। यो कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल ६ लाख ८४ हजार ७५० कित्ता आईपीओ जारी गरेको थियो।
तपाईको प्रतिक्रिया