पोखरा एक्सप्रेस ,काठमाडाैं।
सन् २०२२ मा स्थापित इन्टरनेट सेवाप्रदायक कम्पनी ‘वाईफाई नेपाल’ले १ लाख परिवारलाई जोड्दै छोटो समयमै ठूलो सफलता प्राप्त गरेको छ। मध्यम वर्गीय तथा साना परिवारलाई लक्षित गर्दै स्थापना भएको तीन वर्षको अवधिमा कम्पनीले सस्तो र भरपर्दो इन्टरनेट सेवाप्रदायकको रूपमा स्थापित भएको हो।
नेपालका हरेक घरधुरीलाई इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यका साथ यस वाईफाई नेपाल देशभर १०० भन्दा बढी सहरमा विस्तार भइसकेको छ भने ४० भन्दा बढी सम्पर्क कार्यालयमार्फत गुणस्तरीय ग्राहक सेवा प्रदान गरिरहेको छ।
वाईफाई नेपालले स्थापनाकालदेखि नै आफूलाई इन्टरनेट सेवा प्रदायकको रूपमा मात्र नभई ‘डिजिटल साथी’ को रूपमा चिनाउँदै आएको छ र सहजरुपमा इन्टरनेट उपभोग गर्न कठिन परिवारलाई सेवाको केन्द्रमा राखेको छ। सस्तो तथा सुलभ दरमा भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउँदै वाईफाई नेपालले मध्यम वर्गीय परिवार, साना उद्योगी र व्यवसायी तथा विद्यार्थीको विश्वास जित्न सफल भएको छ।
छोटो समयमै १ लाख ग्राहक जोडिनु केवल उपलब्धि मात्र होइन, नेपालमा भरपर्दो इन्टरनेटप्रतिको बढ्दो आवश्यकता र विश्वासको स्पष्ट संकेत हो।२०२५ मा वाईफाई नेपाल आफ्नो बलियो उपस्थितिका साथ नेपालकै उत्कृष्ट १० इन्टरनेट सेवा प्रदायकको सूचीमा पर्न सफल भएको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत शत्रुहन पञ्जियारले भने, ‘ग्राहकले वाईफाई नेपालप्रति देखाएको माया र विश्वासका लागि कृतज्ञ छौं। यो सफलताले हामीलाई हाम्रो सेवा अझै गुणस्तरीय बनाउँदै देशभर विस्तार गर्नका लागि हौसला प्रदान गरेको छ।’
तपाईको प्रतिक्रिया