दीपशिखामा किशोर–किशोरीका लागि आत्मरक्षा तालिम
- Pokhara Express
- २०८२ माघ ७ मङ्गलबार
पोखरा एक्सप्रेस ,पोखरा ।
पोखरा महानगरपालिकावडा नं २९ मा अवस्थित दीपशिखा सामुदायिक पुस्तकालयमा किशोर–किशोरीका लागि आत्मरक्षा तालिम सम्पन्न भएको छ ।दीपशिखा सामुदायिक पुस्तकालयको आयोजना तथा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सहयोगमा किशोर–किशोरी लक्षित तीन दिने आत्मरक्षा तालिम सम्पन्न भएको हो ।
दीपशिखा सामुदायिक पुस्तकालयका उपाध्यक्ष तथा कार्यपालिका सदस्य निर्मला पौडेलको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा पोखरा महानगरपालिका–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले समाजसँग जोडिने तालिममा सहयोग पु¥याएकामा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा वडाबाट पनि पुस्तकालयलाई सहयोग गर्ने प्रतिबद्धता जनाए।
पुस्तकालयकी सह–सचिव तथा पोखरा विश्वविद्यालयकी उप–प्रशासक मीनकुमारी डल्लाकोटीले सामुदायिक पुस्तकालय जनताको विश्वविद्यालय जस्तै भएकाले सामाजिक कार्यमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सहकार्य प्रशंसनीय रहेको बताइन्। पुस्तकालयका कोषाध्यक्ष माधव भण्डारी ,आइएमई लाइफ इन्स्योरेन्सका ब्रान्च म्यानेजर सुजन सुवेदी र एजेन्सी म्यानेजर तिलकशाली सापकोटा , दीपशिखा महिला सहकारीकी शिवकुमारी पौडेल लगायतले किशोर–किशोरीका लागि आत्मरक्षा तालिम अत्यन्त आवश्यक रहेको बताउँदै समाजसँग जोडिने यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिनु पर्नेमा जोड दिए । सहभागीहरूको तर्फबाट स्मृति शर्मा, आशिष काफ्ले र सिम्रन गैरेले तालिम अत्यन्त फलदायी र उपयोगी भएको अनुभव साझा गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्न आग्रह गरे।पुस्तकालयका कार्यसमिति सदस्यहरु तथा कर्मचारीहरूसमेतको उपस्थिति रहेको उक्त कार्यक्रम सञ्चालन पुस्तकालयका सचिव पदम प्रसाद अधिकारीले गरेका थिए। ञ
तालिममा १३ देखि २१ वर्ष उमेर समूहका करीब ६० जना किशोर–किशोरीहरूको सहभागिता रहेको थियो। सहभागीहरूलाई तीन दिनसम्म मानसिक तथा शारीरिक रूपमा सशक्त रहने तरिका र सम्भावित आक्रमणबाट आफूलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिलाइएको थियो । नेपाल क्योकुशिन कान कराते लेखनाथ डोजोका प्रमुख प्रशिक्षक सुवास खड्काले सहजीकरण गरेको प्रशिक्षणमा रिड नेपाल संस्था र दीपशिखा सामुदायिक पुस्तकालयद्धारा सञ्चालित टेक एज युथ तथा टेकएज गर्लस् कार्यक्रमका विद्यार्र्थीका साथै अन्य किशोर–किशोरीहरूको समेत सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया