पोखरा एक्सप्रेस ,काठमाडौं।
अर्थ मन्त्रालयले चालू आवको पुस मसान्तसम्म ५ खर्ब ७८ अर्ब ९४ करोड राजस्व संकलन भएको विवरण सार्वजनिक गरेको छ।
मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाका अनुसार आव २०८२/८३ को वार्षिक राजस्व संकलन लक्ष्य १४ खर्ब ८० अर्ब रहेकामा पुससम्म ७ खर्ब ११ अर्ब २१ करोड उठ्ने अनुमान थियो।
पुस ३० सम्म जम्मा ५ खर्ब ७८ अर्ब ९४ करोड राजस्व संकलन भएको छ, जुन प्रतिशतमा ८१.४० प्रतिशत हो।
यस्तै, सरकारले पुसको राजस्व संकलन लक्ष्य १ खर्ब ९० अर्ब ७७ करोड अनुमान गरेकामा १ खर्ब ६९ अर्ब १६ करोड संकलन भएको छ, जुन ८८.६७ प्रतिशत हुन आउँछ।
मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ पुसमा १७ अर्ब ८० करोड राजस्व संकलन भएको थियो । गत वर्षको वार्षिक राजस्व संकलन लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रहेकामा पुस मसान्तसम्म ६ खर्ब ७२ अर्ब ८१ करोड उठेको थियो।
तपाईको प्रतिक्रिया