निर्वाचित सरकार ढालेर सुशीला कार्की प्रधानमन्त्री बनाउनु प्रतिगमन हाे- एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी
- Pokhara Express
- २०८२ कातिर्क २७ बुधबार
पोखरा एक्सप्रेस ,नेपालगन्ज ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले ‘केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निर्णय’लाई प्रतिगमनकाे संज्ञा दिनुभएको छ । उहाँले नयाँ निर्वाचनमा जानु अघि उक्त प्रतिगमन सच्चिनुपर्ने पनि बताउनुभयो ।
प्रेस चाैतारी नेपाल,बाँकेले बुधवार नेपालगन्जमा आयोजना गरेकाे पत्रकार भेटघाटमा अधिकारीले स्पष्टरुपमा भन्नुभयाे,-‘काेही पनि भ्रममा नपर्नुहाेला जसरी सडक बिद्रोहका नाममा सरकार बनाइएको छ । याे प्रतिगामी कदम हाे । याे कदम सच्चिए मात्रै नयाँ राजनीतिक काेर्स तयार हुन्छ ।’
अधिकारीले प्रतिगामी कदम सच्चाउन संसद पुनःस्थापना हुनुपर्ने बताउँदै भन्नुभयो,-‘छाेटाे समयका लागि संसद पुनस्र्थापन गरेर संसद नभएको व्यक्ति पनि प्रधानमन्त्री बनाउने सक्ने गरि संविधान संशोधन गर्ने र त्यसैका आधारमा संवैधानिक प्रकृयाबाट नयाँ राजनीतिक काेर्ष तयार गर्नुकाे बिकल्प छैन ।’
गत भदौ २३-२४ गतेका अपराधिक कार्यले सम्पुर्ण जेन्जी जेनेरेसन माथि नै न्याय गर्न नसकेको बताउनुहुँदै उहाँले पछिल्लो समयमा भएका घटनाक्रम को छानविनका लागि उच्चस्तरीय आयोग बनाउन सकिने र नवयुवा सहितको सर्वपक्षिय सरकार बनाउन सकिने कुरा उल्लेख गर्नुभयाे । तर, सर्वाच्च अदालतको न्यायधिस मानवअधिकार आयोग बाहेक अन्त कहीँ पनि नियुक्त हुनु नहुने कानुन व्यवस्थाकाे धज्जी उडाइएको उल्लेख गर्नुभयाे ।
उहाँले भन्नुभयाे,–‘आफैले नजिर खडा गरेको व्यक्ति अहिले प्रधानमन्त्री हुनुहुन्छ । यस्तो ज्यादतिपुर्ण र लोकतन्त्र विरोधि कुरालाई किमार्थ यसको पक्षपोषण गर्न सक्दैनौं । यो सरासर कु नै हो । कु गरेको कुरालाई हामी समर्थन गर्न सक्दैनौं । हामी प्रतिगमनका विरुद्व छौ ।’
निर्वाचनमा जाने की नजाने भन्ने प्रसंगमा, सबै पक्षलाई शान्ति र सुरक्षाको प्रत्यभुत गराउन सकेको खण्डमा एमाले निर्वाचनमा जाने कुरामा जोड दिनुभयाे । यद्यपी, निर्वाचनका नाममा राजा ज्ञानेन्द्रले कमल थापालाई अघि सारेर निर्वाचन गराएको जस्तो हो भने यस्ता अवैधानिक काम रोकिनुपर्ने उहाँको तर्क थियो ।
क्रान्ति जारी रहेको भन्दै उहाँले सामन्तवाद र साम्राज्यवादका अवशेषहरु विरुद्व लोकतन्त्रको संरक्षणका लागि प्राप्त उपलव्धिको संरक्षण गर्दै नयाँ उपलव्धीका लागि जानुपर्छ भन्ने जननेता मदन भण्डारी र अहिलेका पाटी अध्यक्ष केपी ओलिको यस अवधारणमा सबै एकमत रहेको बताउनुभयो ।
तपाईको प्रतिक्रिया