गाजामा इजरायलले गरेको विनाश १३ आणविक बम बराबर, भग्नावशेष हटाउन १५ वर्ष लाग्ने
- Pokhara Express
- २०८२ असोज २८ मङ्गलबार

पोखरा एक्सप्रेस ,पोखरा ।
यतिबेला गाजापट्टी कुनै भूगोल नभएर बारूदले क्षतविक्षत मानव पीडाको प्रतीक बनेको छ । इजरायलले विगत दुई वर्षमा यहाँ झन्डै २ लाख टन बराबरको विस्फोटक पदार्थ खसालेको छ । यो भनेको १३ वटा आणविक बमको संयुक्त शक्ति बराबरको बारुद हो । यी आक्रमणका क्रममा १ लाख भन्दा धेरैको ज्यान गयो ।
संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी)ले गएको अक्टोबरमा प्रकाशित गरेको ‘गाजाको पुनर्निर्माण सूचकांक’को शीर्षकको प्रतिवेदनअनुसार गएको दुई वर्षमा गाजामा १ लाख ५ हजार ८०० भन्दा बढी भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । यहाँका प्रत्येक १० मध्ये ८ ओटा भवनहरू भग्नावशेष भएका छन् ।
गाजा बस्न योग्य नै छैन । ९० प्रतिशत बासिन्दाको घर या त भत्किएका छन वा बस्न योग्य नै छैनन् । ९५ प्रतिशतभन्दा बढी बहुतले भवनहरू ध्वस्त भएका छन् । यूएनडीपी र विश्व बैंकको संयुक्त सर्वेक्षणले गाजामा अहिले ६ करोड टनभन्दा बढी भग्नावशेष रहेको बताएको छ । यो भनेको सरियाली युद्धको समयमा अलेप्पोमा भएको कुल विनाशको तीन गुणा हो ।
भग्नावशेष हटाउने २४ अर्ब डलर खर्च लाग्ने अनुमान गरिएको छ । यो भनेको प्यालेस्टिनी वार्षिक जीडीपीको चार गुणा हो । हालको स्रोतहरूको आधारमा कुनै पनि नयाँ निर्माण सुरु हुनु अघि भग्नावशेष हटाउन मात्र १२ देखि १५ वर्ष लाग्ने इन्जिनियरिङ काउन्सिलले अनुमान गरेको छ । यी सबै तथ्यले गाजाको पुनर्निर्माण कत्तिको चुनौतीपूर्ण छ भन्ने देखाउँछ ।
झन्डै १ लाख ५२ हजार मानिस मारिए
विनाशको सबैभन्दा भयानक पक्ष मानवीय जीवनको क्षति हो । संयुक्त राष्ट्र मानवीय राहत एजेन्सी, डब्ल्यूएचओ, र यूएनआरडब्ल्यूएले २०२५ को अक्टोबरमा निकालेका रिपोर्टहरूका अनुसार गाजामा झन्डै १ लाख ५२ हजार मानिस मारिएका छन् । यी मध्ये एक् लाख ८ हजार मानिसको मृत्यु पुष्टि भएको छ । बाँकी पुरिएको वा बेपत्ता छन् ।
घाइतेहरूको संख्या ३ लाख ७२ हजारभन्दा भन्दा बढी छ, जसमध्ये ६० प्रतिशतभन्दा बढी महिला र बालबालिका छन् । मृत्यु हुनेमा ४२३ स्वास्थ्यकर्मी, १७९ पत्रकार र २४७ संयुक्त राष्ट्र संघका राहतकर्मी छन् । कर्तव्य पालना गर्ने क्रममा यिनीहरू आक्रमणको सिकार भएका थिए ।
बन्धक रिहाइपछि इजरायलमा उत्सव
गाजामा युद्धविरामको एक भागको रूपमा हमासले २० इजरायली बन्धकहरूलाई रेडक्रसलाई सुम्पिएपछि इजरायलीहरूले उत्सव गरे । गाजा र इजरायल दुवैतिरका मानिसहरूले पश्चिम एसिया सहित सम्पूर्ण विश्वलाई अस्थिर बनाउने विनाशकारी दुई वर्षे युद्धको अन्त्य भएको खुशीयाली मनाए ।
तर युद्धविराम र बन्धक रिहाइको लागि शान्ति योजना पहिलो चरण मात्र हो । अर्को चरणहरूबारे प्रतिस्पर्धी मागहरू कायमै छन्, जसले युद्धको वास्तविक अन्त्यबारे अनिश्चितता सिर्जना गरेको छ । १ हजार ९०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूको बदलामा २० जीवित बन्धकहरूलाई रिहा गरिएको इजरायली बन्धकहरूलाई रिहा गर्दा हमासले भनेको थियो । इजरायल अझै पनि वेस्ट बैंकमा कोलोनी बनाउन चाहन्छ । हमासले फेरि त्यसो गर्नबाट रोक्नेछ । यस्तो अवस्थामा प्यालेस्टिनी कैदीहरूको रिहाइमा धेरै कुरा निर्भर हुनेछ ।
तपाईको प्रतिक्रिया