हेम्जा बोर्डिङ स्कुलमा स्पोर्ट्स मिट सुरु
- Pokhara Express
- २०८३ कातिर्क २० बिहीबार
पोखरा एक्सप्रेस ,पोखरा ।
पोखरा–२५, हेमजामा अवस्थित हेम्जा बोर्डिङ स्कुलमा विभिन्न खेलकुद प्रतियोगितासहित स्पोटर््स मिट सुरु भएको छ। विद्यार्थीहरूको शारीरिक, मानसिक तथा बौद्धिक विकास गर्ने उद्देश्यले विद्यालयले स्पोटर््स मिट आयोजना गरेको हो।
स्पोटर््स मिटअन्तर्गत विभिन्न उमेर समूहका विद्यार्थीलाई लक्षित गरी जुनियर तथा सिनियर एथलेटिक्स, ह्यान्डबल, बास्केटबल, जुनियर तथा सिनियर फुटबल, टेबल टेनिस, स्पोन रेस, ब्याडमिन्टनलगायतका खेलहरू सञ्चालन गरिएको विद्यालयले जनाएको छ। प्रतियोगितामा विद्यार्थीहरूले आफ्नो क्षमता, प्रतिभा र खेलकुद कौशल प्रदर्शन गर्ने अवसर पाउनेछन्।विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा संस्थापक निर्देशक माधवशरण पौडेलले खेलकुद शिक्षाको अभिन्न अंग भएको उल्लेख गर्दै विद्यार्थीको सर्वा·ीण विकासका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए । खेलकुदले विद्यार्थीमा अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावनाको विकास गर्न सहयोग पु¥याउनेमा आफु विश्वस्त रहेको बताए । पढाइसँगै खेलकुदलाई पनि समान प्राथमिकता दिन सके विद्यार्थीको प्रतिभा प्रस्फुटनमा थप सहयोग पुग्ने उनको भनाई थियो।
विद्यालयका प्रिन्सिपल हरिकृष्ण पौडेलले विद्यार्थीभित्र लुकेर रहेका प्रतिभा पहिचान तथा विकास गर्ने उद्देश्यले स्पोट्र्स मिट आयोजना गरिएको बताए। उनले खेलकुदले विद्यार्थीलाई शारीरिक रूपमा स्वस्थ राख्नुका साथै मानसिक रूपमा सबल, अनुशासित र सिर्जनशील बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। प्रतियोगितामा सहभागी हुँदा विद्यार्थीले जित र हारलाई सहज रूपमा स्वीकार गर्न, एकअर्काको सम्मान गर्न तथा सामूहिक भावनाका साथ अघि बढ्न सिक्ने उनको भनाई थियो।
यसैअन्र्तगत विद्यालयले आयोजना गरेको ५ किमि सडक दौड प्रतियोगितामा छात्र तर्फ दिपेश विक प्रथम, साहिल धमला द्धितीय, शिखर मगर तृतीय, सुमित थापा चौथा र साहिल नेपाली पाचौ भएको कार्यक्रम संयोजक धिरन घर्तीमगरले जानकारी दिए ।
छात्रा तर्फ अपेक्षा केसी प्रथम, मियुरल मगर द्धितीय, सोनिया पोख्रेल तृतीय, एस्टर मगर चौथा र निकिता अधिकारी पाँचौ भएका थिए । त्यस्तै पुरुष भलिबल तर्फ रेड हाउस प्रथम र एल्लो हाउस द्धितीय भएका थिए ।विद्यालयले पठनपाठनसँगै अतिरिक्त क्रियाकलाप र खेलकुदलाई समेत प्राथमिकतामा राख्दै विद्यार्थीको सर्वा·ीण विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। स्पोटर््स मिटले विद्यार्थीमा खेलप्रतिको रुचि बढाउनुका साथै उनीहरूको प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा विद्यालयले गरेको छ ।
तपाईको प्रतिक्रिया