पोखरा एक्सप्रेस ,पोखरा
ईव्राइडरी एण्ड गार्मेन्टस एसोसिएसन (एगा) पोखराले बागलुङ जिल्लाको ढोरपाटन सिकार आरक्षण क्षेत्रको अध्ययन अबलोकन भ्रमण सम्पन्न गरेको छ । हिमाली क्षेत्रको बदलीदो ट्रेकिङ सस्कृति, हिमाली दृश्यावलोकन सांस्कृतिक पर्यटन, वन्यजन्तु अवलोकन गर्ने उदेश्यले तिनदने अबलोकन भ्रमण गरेको हो । भ्रमणका क्रममा ढोरपाटन सिकार आरक्षण क्षेत्र भित्र रहेका पर्यटकिय क्षेत्रको अबलोकन, स्थानिय पर्यटन व्यबशायिहरु बिच अन्र्तकृया, पोखराको लेकसाईड र ढोरपाटनको पर्यटन बिकास का थप संभावनाहरुको बारेमा छलफल, अध्ययन तथा अन्र्तकृया गरिएको एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले जानकारी दिनुभयो । ढोरपाटन नेपालको एक मात्र कानुनी शिकार आरक्ष हो, जहाँ निश्चित सिजन र अनुमति लिएर सीमित संख्यामा नाउर तथा झारलको शिकार गर्न पाइन्छ। साथै यो क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता र साहसिक पर्यटनका लागि अन्तर्राष्ट्रिय रूपमा परिचित ढोरपाटन संगै चार हजार मिटरको उचाईमा रहेको बुकी पाटनको यात्रामा फरक अनुभुुती गरेको सस्थाका उपाध्यक्ष गिता ढकालले बताउनु भयो अडचालिस जनाको टोलीले ढोरपाटनमा रहेको उत्तरगंगा नदीको मुहान लगायतको क्षेत्रको अबलोक गरिएको सस्थापक अध्यक्ष बेद प्रसाद पाण्डेले उल्लेख गर्नुृभयो ।
यात्राको क्रममा मनोरम हिमाली दृश्य बुकी ९उच्च हिमाली घाँसे मैदान० दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गी ट्रेकिङ तथा प्रकृति अवलोकन को मजा लिईएको सचिव माया सुबेदीले बताउनु भयो । अध्ययन तथा भ्रमण टोलीले बागलुङ कालिका मन्दीरमा दर्शन समेत गरेका थियो । टोलीमा सस्थाका पुर्ब अध्यक्ष कृष्ण कुमार श्रेष्ठ सहित पदाधिकारी तथा सद्भाव सदस्यहरु सहित कार्यसमिति पदाधिकारी र संस्थामा आबद्ध सदस्यहरूको समेत सहभागिता रहेको थियो। भ्रमण टोलीको संयोजन सस्थाका सदस्य रामकृष्ण तिमल्सीनाले गर्नुभएको थियो । भ्रमण रमाईलो र अध्ययनमुलक समेत भएका उहाले अनुभुती व्यक्त गर्नुभयो ।
तपाईको प्रतिक्रिया