पोखरा एक्सप्रेस ,पोखरा ।
पोखरा उद्योग वाणिज्य संघले आफ्नो भगिनी संस्था नेपाल चेम्बर अफ कमर्स हङकङका महासचिव ड्यानी वरदान गुरुङको स्वागत तथा सम्मान गरेको छ ।
पारिवारिक भेटघाट तथा काम विशेषले पोखरा आएका महासचिव गुरुङलाई संघका अध्यक्ष गोकर्ण कार्कीसहित पदाधिकारी र कार्यसमितिका सदस्यहरुबाट स्वागत र सम्मान गरिएको पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले जानकारी दिइन् ।
सो अवसरमा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा र समग्र नेपालको आर्थिक विकासको लागि हङकङका उद्योगी÷व्यवसायी तथा नेपालीहरुलाई सहजीकरणको लागि हङकङ चेम्बरसँग अनुरोध गरे । पोखराको उद्योग÷व्यवसायसहित खेल,स्वास्थ्य र साहसिक पर्यटनको क्षेत्रमा लगानीका प्रसस्त सम्भावनाहरु रहेको उहाँको भनाइ थियो ।
सम्मान कार्यक्रममा संक्षिप्त धारणा राख्दै नेपाल चेम्बर अफ कमर्स हङकङका महासचिव गुरुङले दुई संघबीचको भाइचारालाई द्विपक्षीय लगानी साझेदारी,लगानीका नयाँ क्षेत्रको खोजीमा लगाउन आफूहरु तयार रहेको बताए ।
पोउवा संघ र नेपाल चेम्बर अफ कमर्स हङकङसँग सन् २०१८ मा नै आपसी सहयोग आदानप्रदानसम्बन्धी समझदारीमा हस्ताक्षर भएको थियो भने करिब ३ वर्षअघि हङकङ चेम्बरको १५ औं वार्षिकोत्सवमा संघका तत्कालीन अध्यक्ष पवनकुमार प्रजापति सहभागी हुने क्रममा सहमतिलाई अझ फराकिलो बनाइएको थियो ।
तपाईको प्रतिक्रिया