पोखरा एक्सप्रेस ,काठमाडौँ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री डा विक्रम तिमिल्सिनाले सरकारी विज्ञापनको रकम दुरुपयोग एवं विचौलियको प्रभावका कारण नयाँ निर्णय गर्नुपरेको बताएका छन्। मन्त्रालयमा सोमबार पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको टोलीको भेटमा मन्त्री तिमिल्सनाले यस्तो बताएका हुन्।
सोही भेटका क्रममा मन्त्री तिमिल्सनाले सरकारी विज्ञापनको रकम दुरुपयोग भएको, श्रमजीवी पत्रकार प्रत्यक्ष लाभान्वित हुन नसकेको तथा बिचौलियाको प्रभाव बढेको देखिएकाले यस्तो निर्णय गर्नुपरेको उनको सचिवालयले जानकारी दिएको छ। उनले आफू सधैँ श्रमजीवी पत्रकारको पक्षमा रहेको र जायज माग सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
उक्त भेटघाटका क्रममा महासंघका अध्यक्ष शर्माले सरकारको पछिल्लो विज्ञापन नीतिले समग्र सञ्चार क्षेत्र प्रभावित हुन सक्ने भन्दै पुनर्विचार गर्न आग्रह गरेकी छिन्।सरकारी खर्चमा मितव्ययिता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन–प्रसारणमा पारदर्शिता ल्याउन र सरकारी सञ्चार माध्यमको प्रवर्द्धन गर्न यस्तो व्यवस्था गरिएको जनाएको छ।
त्यस्तै विगतमा सरकारले सरकारी विज्ञापनलाई निजी र सरकारी सञ्चारमाध्यमलाई दिँदै आएको विज्ञापनलाई बालेन सरकारको नेतृत्वले आगामी दिनमा सरकारी सञ्चारमाध्यममा मात्र दिने भनिएपछि अहिले चौतर्फी विरोध हुँदै आइरहेको छ।
तपाईको प्रतिक्रिया