म्याग्दीको रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति थालियो, १ करोड बजे
Pokhara Express
२०८२ चैत १८ बुधबार
पोखरा एक्सप्रेस ,म्याग्दी।
रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति प्रारम्भ भएको छ। एक दशकअघि निर्माण सुरु भएको यो सडकका लागि १ करोड बजेट विनियोजन गरिएको मंगला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले बताए।
हाल सडक फराकिलो पार्ने, ग्रेड र मोड सुधार, वर्षाको पानी निकासका निम्ति नाली निर्माण र सडक किनारमा पर्खाल निर्माण धमाधम भइरहेको गाउँपालिकाका सबइन्जिनियर विपिन आचार्यले बताए।–रासस
तपाईको प्रतिक्रिया