यस्तो हुनसक्छ -दक्षिणी पोखरा :वर -साम्मी -मट्टिखान क्षेत्र बिकासको अबधारणा
- Pokhara Express
- २०८२ फागुन १६ शनिवार
-रामजी प्रसाद लम्साल
दक्षिणी पोखरा अर्थात पोखराको २१ र ३३ को डाडाबाट देखिने सुन्दर दृश्याबलोकन सायद मैले बर्णन गरिरहनु पर्दैन। कास्कीको दक्षिणी भेग पोखरा ३३ र २१ बि स २०६४ पुस १४ गते तत्कालीन संविधान सभा सदस्य रबिन्द्र अधिकारीको पहलमा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यता ,कृस्ती, निर्मल पोखरी ,भरत पोखरी पर्यटन बिकास समितीको आयोजनामा ( संयोजक खगराज आचार्य ,सचिब कमल प्रसाद आचार्य सहित घोषणा समारोहको संचालक रामजी प्रसाद लम्साल ) भएर पर्यटन क्षेत्र घोषणा भएको क्षेत्र हो । बिकास रफ्तारमा भएको त छ नै प्रचुर पर्यटकीय तिब्रतर बिकासको सम्भावना हुदाहुदै सो घोषणाले आशातित प्रतिफल र नतिजा दिन सक्ने अबस्थामा पुर्याउन अबस्थामा बिकासका लागि केही बुदा निम्न हुन सक्छन ।
दक्षिणी पोखरा पर्यटकीय बिकासको अबधारणा
१: पर्यटकीय गुरुयोजना निर्माण
(क) प्राचिनकालदेखी पोखरीले चिनारी बनाउदै आएका भरत पोखरी ,निर्मल पोखरी र कृस्तिका प्राचीन पोखरी भएका स्थान मट्टिखान ,बाझीपोखरी , डाडा गाउँको महारुद्र र हुडिकोट्मा अत्याधुनिक आइ टि पार्क ,पिकनिक स्थल सहितको पोखरी पुनः निर्माण गरेर आकर्षक धार्मिक पर्यटन गन्तब्य निर्माण ।
(ख) पोखरा १७ को छोरपाटन देखि कृस्तिको मट्टीखान, निर्मलपोखरीको बाझीपोखरी ,भरतपोखरीको महारुद्र ,हुडिकोट हुँदै पूर्णिटार सम्म कोत्रे समेटेर “चढौ पोड वे ,हेरौं पोखरा ” भन्ने उद्घोष राखेर महत्वपूर्ण पर्यटकिय आकर्षण सहित” पोड वे “निर्माणको पाइलट प्रोजेक्टको शुरूवात। उल्लेखित स्थानहरू छोरपाटन देखि कृस्तिको मट्टीखान निर्मलपोखरीको बाझीपोखरी भरतपोखरीको महारुद्र ,हुडिकोट हुँदै पूर्णिटार सम्म” पोड वे ” को ब्रेक सब -स्टेसनहरू निर्माण
ग) पोखरा भ्रमण बर्ष चलिरहेको अबस्थामा वडा न २१ र ३३ लाई” ग्रीन हिल भिलेज टूर ” डेस्टिनेसन बनाउन होम स्टे निर्माणको विशेष प्याकेज कार्यक्रमको घोषणा ।
घ) सो क्षेत्रमा होटल, रेस्टुरेन्ट, होम स्टे वा कुनै ब्यबसाय संचालन गर्न चाहने व्यावसायिक ब्यक्ति र प्रतिस्ठानहरूलाइ विशेष सहुलियत सहित आर्थिक प्याकेजको घोषणा ।
२) बैंक तथा बित्तिय क्षेत्र : कृस्तिको मट्टीखान निर्मलपोखरीको बाझीपोखरी ,भरतपोखरीको महारुद्र ,हुडिकोट हुँदै पूर्णिटार सम्म कम्तिमा एक वटा बैंकको शाखा स्थापना र संचालन
३) कृषी :छोरपाटन देखि कृस्तिको मट्टीखान निर्मलपोखरीको बाझीपोखरी भरतपोखरीको महारुद्र ,हुडिकोट हुँदै पूर्णिटार सम्म कम्तिमा एक क्षेत्र एक उत्पादन( बाख्रा ,सुन्तला ,तरकारी आदिको )लाई पकेट क्षेत्र निर्धारण सहित एक टोल एक कृषी उत्पादन र बजारिकरण सहज बनाउदै कृषि उत्पादन संकलनको ब्यबस्थापन गर्न र कृषि एम्बुलेन्सको उक्त स्थानहरूमा पहुच बिस्तार सहित युबा स्वरोजगार अभियान संचालन गर्न ।
४: अन्तरास्ट्रिय सम्मेलन केन्द्र :
कृस्तिको मट्टीखान, निर्मलपोखरीको बाझीपोखरी, भरतपोखरीको महारुद्र ,हुडिकोट सम्म सम्भाब्यता अध्ययन सहित अन्तरास्ट्रिय सम्मेलन केन्द्रको निर्माण ।
५:जल /जङ्गल ब्यबस्थापन :
-पर्यावरण संरक्षण हेतु कास्की तनहुँ र स्याङ्जाको संगम स्थान “सुरौदी खोला – खारखोला -गोलादी खोला – फुश्रेखोला जलाधार संरक्षण क्षेत्र “घोषणा गरि स्थापना र संचालन सहित” पर्या -पर्यटन बिकासको गुरूयोजना” बनाउन।
६: सडक /यातायात :
-स्याङ्जा र तनहुँको समेत “लिन्क स्पट रूटको रूपमा रहेका गोलादी खोला -खारखोला – टक्सारसम्म ट्र्याक खोली सकेका बाटोहरूको स्तरोन्नति सहित “गोलादी खोला -खारखोला – टक्सार करिडोर सडक”को अबधारणा निर्माण गरि कार्यान्वयन शुरु गर्न।
– छोरपाटन देखि कृस्तिको मट्टीखान निर्मलपोखरीको बाझीपोखरी, भरतपोखरीको महारुद्र ,हुडिकोट हुँदै पूर्णिटार सम्म स्थानिय टेम्पो यातायात , राइडर सेवा शुरू गर्न कार्ययोजना निर्माण
– पोखरा २१ र ३३ का पाहाडी भुभाग सहितका मूल सडक ,सहायक सडक , कृषी सडकहरू,गल्ली र टोलहरूको नामाकरण सहित लेबलिङ गर्न ।
६) शिक्षा :
– सो भेगमा कम्तीमा ” एक प्राबिधिक शिक्षालयको सुब्यबस्थित संचालन गर्न।
– संचालित शिक्षालयहरूको सबलिकरण र गुणस्तर सुधार गर्न नीति योजना निर्माण गर्न ।
७)स्वास्थ्य
-डाडा गाउँ , लामगादी ,निर्मलपोखरी र कृष्तिमा संचालित उप स्वास्थ र स्वास्थ चौकीहरूलाइ आधारभुत प्रयोगशाला र बिमा सुबिधा सहितका कम्तीमा १५ सैयाका अस्पतालमा स्तरोन्नति गर्न।
– दुई वडाहरूमा गर्भवती महिला र ७० बर्ष माथिका जेष्ठ नागरिकहरूलाइ लक्षित गरेर घर घरमा “जेष्ठ तथा गर्भवती महिला ” नर्सिङ सेवा संचालन गर्न।
– जेष्ठ नागरिक , गर्भवती महिला र अन्य बिमारीहरूको उपचार रेखदेख र स्याहार सुसार लाई लक्षित गरि दुई वडामा सुबिधा सम्पन्न ” निशुल्क एम्बुलेन्स सेवा ” संचालन गर्न ।
७: संचार र साहित्य
-केही ग्रामिण भुभागहरूमा अझैसम्म मोबाइल टावरको समस्या देखिएको हुँदा सो स्थानमा मोबाइल नेटवर्क र ईन्टरनेट सेवा बिस्तारको लागि सेवा प्रदायक संस्थालाई उत्प्रेरित गर्न ।
साहित्यकारहरूले साधना गर्ने ,सृजना गर्ने ,कवि लेखक हप्तौं बसेर लेखनमा ब्यस्त हुने साहित्य ग्राम ,सन्चारकर्मीहरूले जनताका आबाज बोल्ने मिडियाग्राम बनाउन सकिने संभावना पनि उतिकै देखिन्छ।
८: खानेपानी :
– पोखरा वडा २१ र ३३ लाई लक्षित गरेर निर्माणाधीन सह लगानी ,बृहत् खानेपानी इत्यादि आयोजनाको तिब्रतर निर्माण सम्पन्न गरेर खानेपानीको सहज ,सरल र नियमित आपूर्तिमा समन्वय र सहकार्यलाइ थप घनिभुत गर्न।
Email: ramjilamsal32@gmail .com
तपाईको प्रतिक्रिया