पोखरा एक्सप्रेस ,पोखरा ।
रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले स्वर्गिय अधिकारीको स्मृतिमा शुक्रबार सातौं स्मृति कार्यक्रम ‘स्मृतिमा रवीन्द्र’ कार्यक्रम गरेर उहाँकाे याेगदानकाे स्मरण गरेकाे छ । पोखरा महानगरपालिका वडा नं १८, ग्यारजातिस्थित सहिद तथा बिभूति पार्कमा ‘स्मृतिमा रवीन्द्र’ कार्यक्रम गरी उहाँको स्मरण गरिएको हो । प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व पूर्वमन्त्री जगत विश्वकर्मा, एमाले केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण बहादुर थापा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, एमाले कास्की क्षेत्र नं २ का उम्मेदवार रश्मि आचार्य, क्षेत्र नं ३ का उम्मेदवार दामोदर बैरागी, दिपक पौडेल थता नेतृ प्रभा कोईराला लगायतले उहाँको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे । प्रतिष्ठानका उपाध्यक्ष कृष्ण बहादुर थापाले २०४३ सालदेखि अन्तिम क्षणसम्म संगत गरेको एउटा सच्चा नेतालाई गुमाएको बताउदै उहाँको पथलाई पछ्याउन आवश्यक भएको बताए ।
उनले फागुन २१ को निर्वाचनमा कास्कीका तीनवटै क्षेत्रका उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गरी विजयी गराउन उनले अनुरोध गरे ।
कास्की क्षेत्र नं २ का उम्मेदवार रश्मि आचार्यले हामीले असल अभिभावकलाई गुमाएकोले उहाँकाे बिचार, मार्गदर्शन र समृद्धिको सपनालाई साकार पार्ने जिम्मेवारी काँधमा आएको बताए ।
तपाईको प्रतिक्रिया