एभरेस्ट एफएमको रक्तदान आज
- Pokhara Express
- २०८२ मंसिर ७ शनिवार
पोखरा एक्सप्रेस ,पोखरा ।
एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा भोलि पोखरामा बृहद रक्तदान कार्यक्रम आयोजना हुँदैछ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा भोलि रेडियो प्राङ्गण पोखरा–५ प्रस्याङमा रक्तदान कार्यक्रम हुन लागेको हो । ‘म त रक्तदान गर्दैछु, तपाईं नि ? भन्ने नारासहित विहान ७ बजे शुरु हुने रक्तदान कार्यक्रम मध्याह्न १२ बजेसम्म जारी रहने जनाइएको छ ।
एभरेस्ट मिडिया हाउसले १७ बर्ष उमेर पुगेका, ६५ बर्ष ननाघेका, ४५ केजी तौल भएका, अघिल्लो पटक रक्तदान गरेका ३ महिना अर्थात ९० दिन पूरा भएका, पिरियड र महिलाको हकमा मासिक रक्तश्राव भएको छैटौं दिन पुगेकाहरुलाई रक्तदानमा सहभागी हुन अपिल गरेको छ । त्यस्तै, मेजर अपरेसन नगरेका, क्यान्सर, किड्नी ट्रान्स्प्लान्ट नगरेका, ब्लड प्रेसर नर्मल (औषधि खाइरहेको भए पनि बि पि ठिक छ भने दिन मिल्ने भएकाले उनीहरुलाई पनि रक्तदानमा सहभागी हुन मिडियाले आग्रह गरेको छ ।
रक्तदान आफू स्वस्थ रहेको प्रमाणित गर्दै अर्काको जीवन बचाउने अभियान पनि भएको एभरेस्ट मिडिया हाउसका प्रमुख÷सम्पादक दीपेन्द्र श्रेष्ठले बताए । उनले भने,‘शरिरमा रक्तकोशिका फेरिने प्रक्रिया भइरहन्छ, अर्थात शरिरका पुराना रक्तकोशिका मर्ने र नया जन्मिने प्रक्रिया निरन्तर हुन्छ । त्यसैले खेर जाने उक्त रगत दान गरेर एक जना बराबर ३ जनासम्मको ज्यान जोगाउन सकिने भएकाले रक्तदानको महत्व धेरै छ ।’
मिडिया हाउसको पाचौं वार्षिकोत्सवको अवसरमा ‘नियमित रक्तदान गरौं, जीवन बचाउने अभियानमा सहभागी बनौं’ भन्ने मूल नारासहित आयोजित रक्तदानको सन्दर्भ पारेर मिडिया हाउसले पोखराका प्रतिष्ठित प्रतिभा मावि र ग्यालेक्सी माविमा कक्षा १२ का विद्यार्थीहरुलाई सचेतनामूलक कार्यक्रम पनि गरेको थियो । मिडियाले एभरेस्ट एफएमबाट पनि निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिडियाले रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहनेछ ।
रक्तदान कार्यक्रमको सहयोगी सस्थांहरुमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लि.न्यूरोड, पोखरा, सन्तान आई.भि.एफ क्लिनिक महेन्द्रपुल, सिटिजन फर्निचर न्यूरोड, आस्था किड्नी एण्ड स्पेसलाईज्ड हस्पिटल प्रा.लि.रानीपौवा, तारा सुमन सप्लायर्स पोखरा–५ पस्र्याङ, एस.एण्ड बि. टे«डर्स न्यूरोड, ईम्पावर हेल्थ केयर सिमलचौर, नेलम्बो नेपाल गैह्रापाटन, पुन ग्रुप अफ पोल्ट्री इण्डष्ट्रिज प्रा.लि. पोखरा–५ प्रस्र्याङ, पिउरो ड्रिङ्किङ वाटर, पञ्चरत्न आभूषण प्रा.लि.तेर्सापट्टि रहेको मार्केटिङ डाइरेक्टर भोलाकुमार श्रेष्ठले जानकारी दिए ।
तपाईको प्रतिक्रिया