पामे बचत तथा ऋण सहकारीको साधारण सभा, विभिन्न व्यक्ति सम्मानित
- Pokhara Express
- २०८२ असोज ८ बुधबार

पोखरा एक्सप्रेस ,पोखरा ।
पामे बचत तथा ऋण सहकारी संस्थाको १५ औ बार्षिक साधारण सभाको अवसरमा विभिन्न व्यक्तिहरु सम्मानीत भएका छन् । सहकारी साधारण सभाको अवसरमा सहकारीका सदस्य परिवारबाट एसईईमा उत्कृष्ट अंक ल्याउने ४ जना विद्यार्थी, पिएचडी गर्ने २ जना, समाजमा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरेको हो ।
उनीहरुलाई सहकारीको जेष्ठ सदस्य बाटुली पाध्यनी, सहकारीका अध्यक्ष नवराज पराजुली, पुर्व अध्यक्ष महेश्वर दवाडी, अग्निधर त्रिपाठी लगाएतले सम्मानपत्र, दोसल्ला र नगद सहित सम्मान गरेको हो । त्यसै गरी सबै भन्दा बढि उमेर पुगेका बृद्धबृद्धा, उत्कृष्ट कर्मचारी, उत्कृष्ट ऋणी, उत्कृष्ट बचत कर्तालाई पनि सम्मान गरेका थिए ।
कार्यक्रममा सहकारीका निर्वतमान अध्यक्ष अग्निधर त्रिपाठीले सहकारीलाई अझ बलियो बनाउ सबैको सहयोग आवश्यक पर्ने बताए । पुर्व अध्यक्ष महेश्वर दवाडीले सहकारीलाई राम्रो बनाउन समिति मात्रै तत्पर भएर नहुने भन्दै सबै सदस्यहरु लाग्नु पर्ने बताए । उनले सहकारीलाई सक्षम बनाउन सन्चित कोषहरु पनि बलियो बताउनु पर्ने बताए ।
कार्यक्रममा सल्लाहाकार, ओम सुबेदी, डिल्लिराम भट्टराई, ऋण तथा धितो मुल्याङकन समिति संयोजक खिमनाथ र्शमा तिमिल्सिना, शिक्षा उपसमिति संयोजक घनश्याम अधिकारी, महिला उपसमिति संयोजक दुर्गा तिमिल्सिना, संस्थापक सदस्य मिनराज खड्का, शेयर सदस्य घनश्याम पराजुली लगाएतले सहकारीले गाउँ गाउँमा वित्तिय साक्षरता जगाउन सहयोगी बनेको बताए ।
त्यसै गरी पामे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवराज पराजुलीले सहकारीले विभिन्न ग्राहक योजनाहरु ल्याएर घर घर सम्म पुग्ने काम गरेको बताए । उनले बाल खुत्रुके बचत योजना, दैनिक बचत खाता, पामे सुपर सेभिङ्ग, नारी बचत खाता, विद्यार्थी बचत खाता लगाएतका खाता सञ्चालन गरेको बताए । उनले संस्थाले अहिले सम्म गर्दै आएका सवल पक्ष र सुधारात्मक पक्षलाई विश्लेषण गरे अगाडी बढ्ने बताए ।
साधारणसभाले कोषाध्यक्ष लेखनाथ पराजुलीको कोषाध्यक्षको प्रतिबेदन, सचिब शालिकराम लामिछानेको सचिबको प्रतिबेदन पास गरेको छ ।
सहकरीमा १ हजार १० जना शेयर सदस्य, अधिकृत पुँजी १५ करोड, चुक्ता पुँजी १० करोड १० लाख रहको छ । आर्थिक वर्ष २०८१÷८२ मा १८ करोड ३० लाख निक्षेप संकलन गरी २७ करोड ५६ लाख कर्जा प्रवाह गरेको छ ।
तपाईको प्रतिक्रिया