३० मङ्सिर, पोखरा
नेकपा (एमाले) पोखरा महानगरपालिका वडा ६ को दोश्रो अधिबेशनले जमुना पराजुलीको अध्यक्षतामा २७ सदस्यीय कमिटी सर्बसम्मत चयन गरेको छ ।
कमिटीका उपाध्यक्षमा उत्तम पहारी , सचिबमा गुरु त्रिपाठी ,उपसचिवमा आकाश नेपाली र बिष्णु थापा चयन भएका छन् ।
अधिबेशनको एमाले केन्द्रीय सदस्य राजिब पहारीले उद्घाटन गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य देवका पहारी ,एमाले कास्की जिल्ला कमिटी सदस्य बलराम पहारी , पोखरा महानगर कमिटी सदस्य शिबराज बाराल , पोखरा महा नगरपालिका वडा न.६ का अध्यक्ष बिष्णु बहादुर भट्टराइ ,पोखरा महा नगरपालिका वडा सदस्य बासु बराल , पोखरा महा नगरपालिका पूर्ब वडा अध्यक्ष काली बहादुर परियार सहितले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यबाहाक अध्यक्ष जमुना पराजुलीको अध्यक्षतामा सम्पन्न उद्काघाटन कार्यक्रमको संचालन उमा रेग्मी भण्डारीले गरेकी थिइन्।
तपाईको प्रतिक्रिया