१९ माघ,पोखरा
श्री रामटोल विकास संस्थाको २१ औं वार्षिकोत्सव सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले टोललाई नमुना बनाएर अगाडी बढ्ने कार्यक्रमका योजना ल्याउनका लागि आग्रह गर्नुभयो । उहाँले वडा नम्वर ८ मा पैसाको अभाव नभएकोमा जोड दिदैँ अन्य निजी तथा सामुदायिक संस्थासँग समेत सहकार्य गरेर अगाडी बढ्न सकिने बताउनुभयो । कार्यक्रम रेडियो सफलता १०३.४ मेगाहर्जका प्रवन्ध निर्देशक दुर्गा अधिकारीले सामाजिक क्षेत्रमा अव युवाहरुको उपस्थिती समेत महत्वपूर्ण रहेको हुँदा उनीलाई आवद्ध गराउन टोलबासीहरुलाई आग्रह गर्नुभयो । टोल विकास संस्थाले गरेका सम्पूर्ण गतिविधिमा रेडियो सफलताका साथ रहने प्रतिवद्धता समेत जनाउनुभयो । संस्थाका अध्यक्ष ऋषिराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार प्रेमराज गिरी, संस्थापक अध्यक्ष सन्तुमाया गिरी, पशुपति क्षेत्र दिदी बहिनी समुहका कार्यवहाक अध्यक्ष भगवती पौडेल, प्रतिभा टोल विकास संस्थाका अध्यक्ष बसन्त चालिसे लगायतले बोल्नुभएको थियो । संस्थाका कोषाध्यक्ष गायत्री लामिछाने स्वागत गर्नुभएको कार्यक्रमको संचालन सचिव ठाकुर प्रसाद सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा संस्थामा आवद्ध नयाँ सदस्यलाई सदस्यताको प्रमाण पत्र प्रदान गर्नुका साथै संस्थापक तथा पुर्व अध्यक्षलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा भावी योजना सहितको बार्षिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।
तपाईको प्रतिक्रिया