पोखरा , कार्तिक ७
पोखरा महानगरपालिका वडा नं. २५ हेम्जामा लागूपदार्थसहित सोमबार दुइजना पक्राउ परेका छन् । म्याग्दीका वर्ष ३० का बल बहादुर विश्वकर्मा र वर्ष ३५ की नरकुमारी घर्ति पक्राउ परेका हुन् ।
हेम्जामा लागूऔषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँज गर्ने क्रममा ग २५ प ६५८८ नम्बरको स्कुटरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट लागू औषध डाईजापाम ३१ एम्पुल, फेनेरागन ३१ एम्पुल र नुर्फिन ३१ एम्पुल गरी जम्मा ९३ एम्पुल लागू औषध बरामद गरेको प्रहरीले बताएको छ । उनीहरुलाई लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यलय कास्कीका सूचना अधिकारी प्र.ना.उ. बसन्त कुमार शर्माले जानकारी दिए ।
तपाईको प्रतिक्रिया