स्याङ्जा । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललाई आँधीखोला गाउँपालिकामा बधाई एवं सम्मान गरिएको छ ।
वडा ३, राष्ट्रिय मावि पुवाडाँडामा कक्षा १ देखि ७ सम्म अध्ययन गरेका र त्यसपछि वडा २ जनप्रदीप मावि, चिलाउनेबासबाट २०४१ सालमा एसएलसी उत्र्तीण अर्याललाई त्यहाँका गुरु तथा आमनागरिकले बधाईसहित सम्मान गरेका हुन् पुतलीबजार ११ मा जन्म भई मामाघर आँधीखोलामा एसएलसीसम्म अध्ययन गरेका अर्यालसँगै उनकी पत्नी मायादेवीलाई गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभापति सुधीरकुमार पौडेल, गाउँपालिका अध्यक्ष विश्व पौडेल, उपाध्यक्ष सीता थापा, प्रजिअ सुनिता नेपाल, शिक्षक कृष्णबन्धु पौडेललगायतले स्वागत एवं सम्मान गरेका हुन् ।
२०४६ सालमा निजामती सेवामा प्रवेश गरेका अर्याल गत १३ भदौमा मुख्यसचिव बनेका हुन् । अर्यालले जिल्लाको विकास निर्माणलगायत विषयमा छलफल गर्ने उद्देश्यसहित २ दिनको कार्यतालिका बनाएर गृहजिल्ला आएका हुन् ।
उनलाई पालिका प्रवेशद्वारबाट बाजागाजासहित गाउँपालिकाको भवनमा आयोजित समारोहमा भव्य सम्मान गरिएको थियो ।
पालिकासँगै अध्ययन गरेको विद्यालय राष्ट्रिय प्रावि, जनप्रदीप मावि परिवारले समेत उनलाई सम्मान गरे ।
तपाईको प्रतिक्रिया