काठमाडौं । सरकारले संविधान दिवस अवसर पारेर असोज ३ देखि सर्वसाधारणका लागि धरहरा खुला गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख ११ गते उद्घाटन गरेको धरहरा भोलीदेखि सर्वसाधारणका लागि खुला गरिने भएको हो।
६ पटकसम्म म्याद थप गरेर धरहरा निर्माण गरिएको थियो। एक दशकसम्म पूर्ण निर्माण सम्पन्न नभएको धरहरा हतारमै खुला गर्न लागिएको छ।
२०७२ मा भत्किएको धरहराको भग्नावशेष सिसामा राख्ने भनिएको भए पनि टिनको छानाले छोपिएको छ।
तपाईको प्रतिक्रिया