पोखरा, चैत । नेपाल एशोसिएसन अफ टुुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् गण्डकी प्रदेशको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयको प्रवद्र्धनमा तीन दिने गन्तव्य पहिचान एवम् प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ ।
पर्यटन व्यवसायी, सञ्चारकर्मी सहितको १९ सदस्यीय टोलीले तीन दिने कार्यक्रमका साथ २४ गते शनिबारदेखि २६ सोमबारसम्म गन्तव्य पहिचान एवम् प्रवद्र्धन यात्रा गरेको हो । बाग्लुुङ हुँदै कालीगण्डकी करिडोरबाट नवलपुरसम्मको यात्रा गरेको टोली फर्कदा दलदलेबाट डेढगाउँ भिमादको बाटो पोखरा आएको थियो ।
कार्यक्रमका अवसरमा बाग्लुुङ र नवलपुरका धार्मिक पर्यटकीय गन्तव्यको पहिचानसँगै तिनीहरूको पर्यटकीय उपयोगका लागि सरोकारवालासँग छलफल एवम् अन्तरक्रिया गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले जानकारी दिनुुभयो ।
कार्यक्रमकै अवसरमा बाग्लुुङको जैमिनी नगरपालिकाकाको स्थानीय संयोजन एवम् सहयोगमा जैमिनी ऋषिले तपस्या गर्नुुभएको जैमिनी धामको अवलोकनका साथै उक्त नगरपालिका भित्र रहेका पर्यटकीय गन्तव्यका सम्बन्धमा सरोकारवालबीच छलफल गरिएको कार्यक्रम संयोजक एवम् नाट्टा गण्डकी प्रदेशका द्वितीय उपाध्यक्ष कमला गिरीले जानकारी दिनुुभयो । जैमिनी नगरपालिकामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान उद्योग पर्यटन, बन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापा, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा लगायतले जैमिनी नगरपालिका क्षेत्रमा भएका पर्यटकीय गन्तव्यलाई पर्यटकीय रुपमा उपयोग गरिने बताउनुुभयो ।
टोलीले नवलपुरस्थित गजेन्द्र मोक्षधाममा गरेको कार्यक्रममा गजेन्द्र मोक्षधाम धार्मिक पर्यटकीय स्थल विकास समितिका अध्यक्ष कृष्णप्रपन्नाचार्य, धामका प्रमुख कार्यकारी अधिकृत झपेन्द्र भुुषाल, विनय त्रिवेणी नगरपालिकाका प्रमुख घनश्याम गिरी लगायतले त्यहाँका पर्यटकीय सम्भावनाको उजागर बारे छलफल गरिएको थियो ।
त्यस्तै टोलीले वाल्मिकी आश्रममा गरेको स्थलगत अवलोकनमा सीता पाताल प्रवेशस्थलका पुजारी शेखर सुवेदी, मुख्य मन्दिरका पुुजारी रामशरण गिरी लगायतले नेपाल सरकारले यस धार्मिक सम्पदाको संरक्षण र विकासमा बेवास्था गरेको भन्दै दुःख व्यक्त गर्नुुभएको थियो ।
प्रिप्रहर सामुदायिक होमस्टेमा आयोजित कार्यकममा देवचुुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपाने, पिप्रहर सामुुदायिक होमस्टे ग्रामका अध्यक्ष चन्द्रमाया महत, रजहर सामुदायिक प्राकृतिक चिकित्सालयका निर्देशक डा. विनोद पौडेल लगायतले बोल्नुुभएको थियो ।
कार्यक्रमका अवसरमा धार्मिक पर्यटकीय सम्भावना, घरवास आदि सम्बन्धमा सरोकारवालाबीच छलफल एवम् अन्तरक्रिया गरिएको नाट्टा गण्डकी प्रदेशका महासचिव संगीता पौडेलले जानकारी दिनुुभयो ।
उहाँका अनुसार टोलीलाई स्वास्थ्य जीवनशैली लगायतका विषयमा डा.विनोद पौडेलले प्रशिक्षण दिनुुभएको थियो भने टोलीले बनसफारी गर्दै त्यहाँका विविध सम्भावना बारे जानकारी लिएको थियो ।
गन्तव्य पहिचान एवम् प्रवद्र्धन कार्यक्रमले यस क्षेत्रको पर्यटकीय सम्भावना, चुनौति लगायतका विषयमा जानकारी प्राप्त भएको नाट्टा गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले बताउनुुभयो । पोखरा पर्यटन राजधानी घोषणा भैसकेका अवस्थामा आसपासका पर्यटकीय गन्तव्यको पहिचान एवम् प्रवद्र्धन जरुरी रहेको बताउँदै उहाँले यस किसिमका कार्यक्रमलाई प्राथमिकतामा राख्नुुपर्नेमा जोड दिनुुभयो ।
तपाईको प्रतिक्रिया