पोखरा, चैत
‘पौडेल थर, हाम्रो साझा घर’ भन्ने मुल नारासहित पौडेल वंश महासंघ नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशन पोखरामा हुदैछ ।
यही चैत २४ गते पोखराको न्यूरोडमा अवस्थित सिटी पार्टी प्यालेस दिपसागर होटलमा सो अधिवेशन हुने भएको हो ।
नयाँ नेतृत्व चयनका लागि अधिवेशन हुन लागेको महासंघका गण्डकी प्रदेश सचिव एवं अधिवेशन संयोजक रामजी पौडेलले जानकारी दिनुभयो । नयाँ नेतृत्व चार बर्षको लागि चयन हुने उहाँले बताउनुभयो ।
यस अधिवेशनमा गण्डकी प्रदेशका नौ वटा जिल्ला समितिबाट करिब ३ सय जनाको सहभागिता रहने संयोजक पौडेलले बताउनुभयो ।
अध्यक्ष सहित १७ जनाको एक कार्यसमिति गठन गरिनुका साथै विभिन्न ५ वटा उपसमिति गठन गरिने महासंघका केन्द्रिय अध्यक्ष हरिराम पौडेलले जानकारी दिनुभयो ।
जसमा वंशावली संकलन उपसमिति, कुलपुजा विधि संकलन उपसमिति, स्वास्थ्य सचेतना उपसमिति, अक्षयकोष, मुठीदान उपसमिति र महिला तथा बालबालिका उपसमिति रहेका छन् । सो दिन उपसमिति गठनसँगै संयोजक पनि त्यही बेला तोकिने केन्द्रिय अध्यक्ष पौडेलले बताउनुभयो ।
केन्द्रिय वंशावली संघका संयोजक एवं केन्द्रिय सदस्य प्रा.डा कृष्ण पौडेलले ६० वटा पुजा समिति रहेकोमा केन्द्रको अधिवेशनपछि २५ वटा समिति थप भएको बताउनुहुदै थपिने क्रम जारी नै रहेको बताउनुभयो ।
विभिन्न ठाउँमा छरिएर कुल पुजा गर्दै आउनुभएका पौडेल संस्था, सबै यस पौडेल वंश महासंघ नेपालमा आवद्ध हुन आह्वन समेत गरेको छ ।
गएको पुस २७ र २८ गते कोहलपुरमा भएको पौडेल वंश महासंघ नेपालको दोस्रो अधिवेशनबाट हरिराम पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको थियो ।
((
तपाईको प्रतिक्रिया