पोखरा एक्सप्रेस ,जनकपुरधाम ।
अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा जेसीबीलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहीबार राति गोलबजार नगरपालिका–१ स्थित बलडारा मुक्सारमा सोही ठाउँ बस्ने सहदेव यादवको जग्गामा बिहीबार राति अवैध रूपमा ग्राभेल उत्खनन भइरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कायाालय गोलबजार र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस गोलबजार सिरहाबाट खटिएको संयक्त टोलीले जेसीबी र टिपर नियन्त्रणमा लिएको जनाएको छ ।टिपरका चालकहरू प्रहरी आउनासाथ फरार भएका प्रहरीले जनाएको छ । उनीहरूलाई पहिचान गरेर खोजतलास तीव्र पारिएको छ ।प्रहरी प्रवक्ता एवं डीएसपी रमेश बहादुर पालकाले उत्खननमा प्रयोग भइरहेका ६ वटा टिपर र एकवटा जेसीबी नियन्त्रणमा लिई सशस्त्र प्रहरी बेस क्याम्प सिरहामा राखिएको बताए ।उनका अनुसार नियन्त्रणमा लिएका टिपरहरू को१ख ४९७५, प्र–२–०१००१ क ०१७०, मधेस प्रदेश ०१–००१ क ०२८५, भे १ क ९५०, मधेस प्रदेश ०३–००१ क ३०२८, मधेस प्रदेश ०३–००१ क ३३७५ र ज १ क ७५२ नम्बरका टिपरहरू नियन्त्रणमा राखेर अनुसन्धान थालिएको छ ।
तपाईको प्रतिक्रिया