रुपाताल पुनस्र्थापना तथा मत्स्यपालन संस्था २५ वर्षमा
- Pokhara Express
- २०८३ असोज २२ बिहीबार
प्राकृतिक सम्पदाको संरक्षण र दिगो उत्पादनमा जोड
पोखरा एक्सप्रेस ,पोखरा
कास्कीको तेस्रो ठूलो रुपातालको संरक्षणसँगै माछापालनमार्फत आयआर्जन गर्दै आएको रुपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारी संस्था लिमिटेड २५ वर्षमा प्रवेश गरेको छ। संस्थाले आगामी चैत १ गते रजत जयन्ती मनाउने भएको छ ।
संस्थाको बिहीबार सम्पन्न २५औँ वार्षिक साधारणसभाका वक्ताहरूले रुपातालको प्राकृतिक सम्पदा, जैविक विविधता तथा सिमसार क्षेत्रको संरक्षणसँगै दिगो उत्पादनमा जोड दिएका छन्।
कार्यक्रमका प्रमुख अतिथि रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले प्राकृतिक स्रोत तथा साधनको संरक्षणमा स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहने भन्दै सरकारी तथा स्थानीय निकायबीच समन्वय गरी पर्यटन, धार्मिक विकास र आयआर्जनका गतिविधि बढाउनुपर्ने बताए। उनले रुपाताल क्षेत्रलाई वनजंगल, खोला–खेल्सा, धार्मिक तथा पर्यटकीय क्षेत्र, हिमाली दृश्यावलोकन, जंगली धान, कमल, चराको वासस्थान तथा स्थानीय माछाको प्रजनन क्षेत्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे ।
संस्थाका अध्यक्ष रामबहादुर थापाले ताल संरक्षणका लागि विभिन्न स्थानमा जाली भर्ने, जलकुम्भी हटाउने, सिमसार क्षेत्र संरक्षण गर्ने तथा सीसीटीभी जडान गर्ने काम गरिएको जानकारी दिए। उनका अनुसार विभिन्न जात र साइजका ३५ लाख ६७ हजार रुपैयाँ बराबरका माछाका भुरा तालमा छाडिएको छ। जैविक विविधता, स्थानीय वनस्पति तथा जीवजन्तुको संरक्षण गर्दै आगामी चैत १ गते रजत जयन्ती मनाउने तयारी भइरहेको उनले बताए ।
संस्थाका सचिव वीरेन्द्र ढकालले प्रस्तुत गरेको प्रतिवेदनमा ‘प्राकृतिक सम्पदाको संरक्षण गरौँ, दिगो उत्पादनमा जोड दिऔँ’ भन्ने नाराका साथ रुपाताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको उल्लेख छ। ताल संरक्षण तथा व्यवस्थापन, मत्स्य संग्रहालय तथा जैविक विविधता सूचना केन्द्र, आयआर्जन तथा वैकल्पिक रोजगारी, जलवायु परिवर्तन, वातावरणीय सेवा भुक्तानी, अर्गानिक तथा प्राकृतिक कृषि प्रवद्र्धन, माछाको ब्रान्डिङ तथा बजारीकरण र स्थानीय सीपमा आधारित मोतीपालन कार्यक्रम सञ्चालन गर्ने योजना संस्थाले अघि सारेको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३२ का अध्यक्ष अक्कलबहादुर कार्की, संस्थाका सल्लाहकार टीकाराम पगेनी, निवर्तमान अध्यक्ष शिवराज अधिकारी, शेयर सदस्य सीता अधिकारी, पूर्वअध्यक्ष कुलप्रसाद अधिकारी, उपाध्यक्ष ढकबहादुर थापा, व्यवस्थापक सबिन सुयेल तथा वडा नं. ३१ का वडा सदस्य देवेन्द्र अधिकारीलगायतले रुपातालको प्राकृतिक सम्पदा संरक्षण र दिगो विकासमा जोड दिएका थिए ।
२५ वर्षै यात्रामा वि.सं. २०५८ सालमा ३६ जना अग्रजहरूको सक्रियतामा स्थापना भएको संस्थाले रुपाताल जलाधार क्षेत्रभित्रका परिवारलाई ‘एक घर–एक परिवार शेयर सदस्य’ बनाउँदै समान शेयर, समान मुनाफाको नीति अघि बढाएको छ। आर्थिक वर्ष २०८२÷८३ सम्म संस्थामा एक हजार ५३ जना शेयर सदस्य रहेका छन् भने ६ करोड ७० लाख ४७ हजार ७ सय ८ रुपैयाँ शेयर पुँजी पुगेको छ क।
संस्थाले चालु वर्ष विभिन्न जातका माछा बिक्रीबाट १ करोड ४० हजार रुपैयाँ आम्दानी गरेको जनाएको छ ।खरुपाताल पुनस्र्थापना तथा मत्स्यपालन संस्था २५ वर्षमा
तपाईको प्रतिक्रिया