पोखरा एक्सप्रेस ,पोखरा
जिल्ला समन्वय समिति कास्कीले अन्नपूर्ण गाउँपालिकाका लागत साझेदारीका योजना अनुगमन गरेको छ ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल नेतृत्वको टोलिले उक्त जिसस कास्कीको ६० प्रतिसत अन्नपूर्ण गाउँपालिकाको ४० प्रतिसत लागत साझेदारीमा निर्माणाधिन र सम्पन्न आयोजनाहरूको मंगलबार अनुगमन गरिएको हो।यसरी अनुगमन गरेका आयोजनाहरूमाअन्नपूर्ण गाउपालिकाको वडा न ३ को वडा भवनको ट्रस निर्माण योजना ,बहादुरे मा बि चमेना गृह निर्माण ,वडा न ६ को संगम मा. बि. भवन मर्मत ,वडा न १ को स्वास्थ चौकी तथा वडा कार्यालय भवनको कम्पाउन्ड पर्खाल एबम तारबार घेर्ने योजना अनुगमन गरिएको जिल्ला समन्वय समिति कास्कीले जनाएको छ।
अनुगमनका क्रममा जिसस कास्कीका प्रमुख लिलाधर पौडेलले कतिपय योजनामा निर्धारित मापदण्ड र गुणस्तर कमसल देखिएको भन्दै तत्काल सच्याउन आग्रह गर्नुभयो ।पौडेलले गुणस्तरमा कुनै सम्झौता नहुने भन्दै लगानिको उच्चतम सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो।
अनुगमनमा सो पालिका क्षेत्र भएका जिसस कास्कीका सदस्यद्वय बालिका सुवेदी र गणेश बहादुर जि सि ,जिल्ला समन्वय अधिकारी नवराज बराल ,इन्जिनियर महेश पोख्रेल सहित प्राबिधिक तथा कर्मचारी र स्थानिय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।
तपाईको प्रतिक्रिया