पोखरा एक्सप्रेस, पोखरा ।
कास्कीका सामाजिक एबम राजनीतिक ब्याक्तित्व पुण्य प्रसाद पौडेलद्वारा लिखित पुस्तक “मेरो संस्कृति र म” सार्बजनिक गरिएको छ।बिहीवार पोखरामा आयोजित बिशेष समारोहका बिच पौडेल द्वारा लिखित उक्त दोश्रो कृतिको लोकार्पण गरिएको हो।

तीन खण्डमा लिखित पुस्तकमा संस्कृति, बिबिध र आफ्नै कथा समाबेश गरिएको छ।पुस्तकमा संस्कृति, रामायण महाकाब्य ,धर्मको उत्पत्ति ,रिग्बैदिक साहित्यको सामान्री बिबेचना ,गणेश पुराण ,नेपालका खस जाती ,मष्ट संस्कृति ,पाउदुर शिबालय ,नेपालका मगर जाती ,समाजबाद र नेपालको आर्थिक अबस्था,छोटी पसल ,पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा ,पुष्पलालका योगदानका समिक्षा ,उपत्यकाको बनोट र पर्यटक बिकास, ८२ भदौ २३ र २४को उथलपुथल सहितका बिषय समेटीएका छन।

विभिन्न पत्र पत्रीकाहरूमा दर्जनौ फुटकर लेख रचना प्रकाशित पौडेलको “समाज समिक्षा ” नामक पुस्तक प्रकाशित भैसकेको छ ।
जिल्ला बिकास समिति कास्कीका पूर्ब सभापति रहेका पौडेलको जन्म बि स २०११ साल भदौ १५ गते कास्कीको अन्नपूर्ण गाउँ पालिका वडा न ३ पाउदुरमा भएको हो।

कार्यक्रममा शुक्रराज शर्मा , शंकर बराल ,श्रीनाथ बराल ,गेहेन्द्रश्वर कोइराला सहितले मन्तव्य व्यक्त गरेका थिए। प्रकाशित पुस्तक र लेखक पौडेलका सन्दर्भमा लेखकत्रय रामराज रेग्मी र धनन्जय दवाडी र प्रचण्ड शक्तिमान गुरुङले परिचर्चा प्रस्तुत गरेका थिए।

तिर्थराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत माधब बास्तोला र संचालन जीवन प्रसाद आचार्यले गरेका थिए ।
तपाईको प्रतिक्रिया