ईभीपछि हाइब्रिड ल्याउने दौडमा व्यवसायी, यी ब्रान्डबीच हुँदै प्रतिस्पर्धा
- Pokhara Express
- २०८३ श्रावाण २१ बिहीबार
पोखरा एक्सप्रेस ,काठमाडौं।
नेपालमा विद्युतीय सवारीसाधन (ईभी)को लहरपछि नेपाली अटोमोबाइल बजारमा अब प्लग्ड-इन हाइब्रिडका सवारीसाधन भित्र्याउने होडबाजी तीव्र बनेको छ। लामो दूरीको यात्रामा ‘रेन्ज एन्जाइटी’ र चार्जिङ पूर्वाधारको अभाव झेल्न नचाहने तर दैनिक प्रयोगमा इलेक्ट्रिकको बचत खोज्ने ग्राहकलाई लक्षित गर्दै व्यवसायीहरुले हाइब्रिडका नयाँ ब्रान्ड तथा मोडलहरू भित्र्याउन प्रतिस्पर्धामा उत्रिएका हुन्।
पछिल्लो समय नेपालमा ईभीसँगै हाइब्रिड गाडीको माग बढिरहेको बेला अटो व्यवसायीहरुको ध्यान त्यसतर्फ केन्द्रित भएको छ। यसअघि, ब्याट्री इलेक्ट्रिक मोडल मात्रै बिक्री गर्दै आएका कम्पनीहरु पनि अब हाइब्रिड ल्याउने दौडमा तीव्र बनेका छन्।
हालसम्म ईभीमा केन्द्रित रहेका अधिकांश ब्रान्डले अब प्लग-इन हाइब्रिड प्रविधिलाई प्राथमिकतामा राख्न थालेका छन्। पेट्रोल इन्जिन र विद्युतीय मोटर दुवैको संयोजनमा सञ्चालन हुने प्लग-इन हाइब्रिड सवारीले एकातर्फ इन्धनको खपत घटाउने र अर्कोतर्फ लामो दूरीको यात्रा सहज बनाउने भएकाले हाइब्रिड सेग्मेन्टका गाडी भित्र्याउने प्रतिस्पर्धा तीव्र बनेको हो।
आगामी अगस्ट ११ देखि भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पोमा प्लग इन हाइब्रिडका नयाँ ब्रान्ड र मोडल ल्याउने तयारी गरेका छन्। केही कम्पनीले पहिलो पटक हाइब्रिड सेग्मेन्टमा प्रवेश गर्न लागेका छन्। केहीले आफ्नो पोर्टफोलियोलाई विस्तार गर्ने रणनीति अपनाएका छन्।
नाइमा एक्स्पोमा एमजी, चेरी, जेटोर, बिएआसीलगायतका चिनियाँ ब्रान्डका प्लग-इन हाइब्रिडमा प्रतिस्पर्धा हुने देखिन्छ। अटो व्यवसायीका अनुसार प्लग-इन हाइब्रिड प्रविधिले शुद्ध ईभी र परम्परागत पेट्रोल सवारीबीचको दुरी घटाउने काम गर्ने छ। दैनिक छोटो दुरीमा विद्युतीय मोडमै सञ्चालन गर्न सकिने र आवश्यक पर्दा पेट्रोल इन्जिनको सहायताले लामो दुरी तय गर्न सकिने भएकाले चार्जिङ पूर्वाधार सीमित रहेका क्षेत्रका ग्राहकलाई पनि यो प्रविधि आकर्षक विकल्प बन्न सक्छ।
सअघि एमजी ब्रान्डका इन्धन र ईभी गाडी आयात तथा बिक्री गर्दै आएको कम्पनीले अब भने हाइब्रिड गाडी ल्याउने भएको हो।
नेपालमा पछिल्ला वर्षहरूमा ईभीको बिक्री उल्लेख्य रूपमा बढे पनि चार्जिङ पूर्वाधार, लामो दुरीको यात्रा तथा ब्याट्रीसम्बन्धी ग्राहकका केही चिन्ता अझै कायम छन्। यस्तो, अवस्थामा प्लग-इन हाइब्रिड सवारीले यी चुनौतीलाई केही हदसम्म सम्बोधन गर्ने अपेक्षा गरिएको छ। एक्स्पोमा प्लग-इन हाइब्रिड सेग्मेन्टमा मूल्य, प्रविधि, माइलेज, विद्युतीय रेन्ज, सुरक्षा सुविधा तथा बिक्रीपछिको सेवाका आधारमा कम्पनीहरूबीच प्रतिस्पर्धा चर्किने देखिएको छ।
हाइब्रिड सेग्मेन्टमा भिड्ने तयारीमा यी ब्रान्ड
नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नाइमा मोबिलिटी एक्स्पोमा पहिलो पटक हाइब्रिड गाडी ल्याउने भएको छ। यसअघि एमजी ब्रान्डका इन्धन र ईभी गाडी आयात तथा बिक्री गर्दै आएको कम्पनीले अब भने हाइब्रिड गाडी ल्याउने भएको हो।
कम्पनीले नेपाली बजारमा ल्याउने एमजी एचएस एसयूभीमा १.५ लिटर क्षमताको ४ सिलिन्डर टर्बो पेट्रोल इन्जिन र १५४ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिएको छ। यसमा इलेक्ट्रिक मोटरलाई पावर दिन २४.७ किलोवाट आवरको ब्याट्री दिइएको छ। उक्त ब्याट्रीले सिंगल चार्जमा १२० किलोमिटर रेन्ज प्रदान गर्छ। यसमा १० स्पिडको इडियू गियरबक्स छ। जसमा पेट्रोल इन्जिनको लागि ६ स्पिड अटोमेटिक र इलेक्ट्रिक मोटरका लागि ४ स्पिड अटोमेटिक गियरबक्स पाउन सकिन्छ।
नयाँ एचएस हाइब्रिड मोडल फिचर लोडेड हुनेछ। एमजी पाइलट फिचर पाउन सकिने एसयूभीमा वायरलेस चार्जर, सिक्स वे एड्जस्ट गर्न मिल्ने ड्राइभिङ सिट, ८ वटा स्पीकर, ३६० डिग्री क्यामेरा, किलेस इन्ट्री जस्ता फिचर छन्। सुरक्षाका लागि एसयूभीमा अटोनोमश इमर्जेन्सी ब्रेकिङ, लेन किप एसिस्ट, एडाप्टिभ क्रुज कन्ट्रोल, ब्लाइन्ड स्पर्ट मोनिटरङ सिस्टमलगायतका फिचर छन्। एचएस मोडलमा १२.३ इन्चका दुई डिस्प्ले दिइएको छ। एउटामा इन्फर्मेशन र अर्कोमा इन्टरटेन्टमेन्ट पाउन सकिन्छ।
नाइमा एक्स्पोमा हाइब्रिड सेग्मेन्टमा प्रतिस्पर्धा गर्ने अर्काे ब्रान्ड आइकार हो। नेपालमा आइकारका ईभी गाडी पहिलेदेखि बिक्री हुँदै आएको भए पनि अब भने कम्पनीले हाइब्रिड सेग्मेन्टका गाडी एक्स्पोमा ल्याउने जनाएको छ। यसको प्रवेशसँगै हाइब्रिड सेग्मेन्टमा प्रतिस्पर्धा थप बलियो बन्ने देखिन्छ। नेपालका लागि आइकारको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले हाइब्रिड सेग्मेन्टमा नयाँ अफरोड एसयूभी भी-२७ नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गर्ने भएको छ। भी-२७ हाइब्रिड अफरोड एसयूभी हो।
चीनमा रियर ह्विल ड्राइभ र अल ह्विल ड्राइभ सिस्टममा उपलब्ध भी-२७ नेपाल कुन ड्राइभ सिस्टम आउने भन्ने टुङ्गो भएको छैन। यसमा १.५ लिटर क्षमताको टर्बो पेट्रोल इन्जिन दिएको छ। आइकार भी-२७ मा ३४.३ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री पाउन सकिन्छ। जसको प्योर ईभी रेन्ज १४५ किलोमिटर आसपास छ। फुल ट्यांकी इन्धनसहित भने १२०० किलोमिटर हाराहारी रेन्ज आउने कम्पनीले जनाएको छ।
यसको अल ह्विल ड्राइभ मोडलको अधिकतम पावर ३३५ किलोवाट छ, भने ५०५ न्यूटन मिटर टर्क प्रदान गर्न सक्छ। जसको शून्यदेखि १०० किलोमिटरको टप स्पिड भेट्टाउने समय ५.५ सेकेन्ड मात्रै छ। भी-२७ एसयूभीको लम्बाई ५०५५ एमएम, चौडाई १९७६ एमएम र उचाई १८९४ एमएम छ। यसमा २९१० एमएम लामो ह्विलबेस पाउन सकिन्छ।
‘बोर्न रग्ड’ अवधारणामा आधारित यो प्लग-इन हाइब्रिड एसयूभी आकर्षक डिजाइन, आधुनिक प्रविधि र अफ-रोड क्षमताको संयोजनसहित सहरका सडकदेखि चुनौतीपूर्ण बाटोसम्म आत्मविश्वासका साथ यात्रा गर्न सक्षम रहेको कम्पनीले जनाएको छ।
त्यसैगरी नाइमामा हाइब्रिड सेग्मेन्टमा प्रतिस्पर्धा गर्ने अर्काे नयाँ ब्रान्ड बीआईसी बीजे-३० ई हो। यो नेपाली बजारमा प्रवेश गर्न लागेको ब्रान्ड र हाइब्रिड सेग्मेन्टमा प्रतिस्पर्धा गर्ने नयाँ ब्रान्डमा पर्दछ। यो ब्रान्ड लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई मोबिलिटीले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ल्याउन लागेको हाइब्रिड गाडी हो।
यो गाडी कम्पनीले अफ-रोड यात्रा र दैनिक प्रयोग दुवैलाई ध्यानमा राखेर बनाएको छ। ‘बोर्न रग्ड’ अवधारणामा आधारित यो प्लग-इन हाइब्रिड एसयूभी आकर्षक डिजाइन, आधुनिक प्रविधि र अफ-रोड क्षमताको संयोजनसहित सहरका सडकदेखि चुनौतीपूर्ण बाटोसम्म आत्मविश्वासका साथ यात्रा गर्न सक्षम रहेको कम्पनीले जनाएको छ।
बीजे–३० ईमा १.५ लिटर क्षमताको टर्बो पेट्रोल इन्जिन दिइएको छ। अल ह्विल ड्राइभ मोडलको रूपमा एक्स्पोमा देखिने बीजे–३० ईमा १.६७ किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग भएको छ। यो बक्सी डिजाइन, उचाई भएको बडी, चौडा स्टान्स र रग्ड स्टाइलिङको अफरोड एसयूभी हो। नेपालमा प्रविधियुक्त र दमदार एसयूभीप्रतिको बढ्दो आकर्षणबीच बीएआईसी बीजे–३० ईको आगमनले उपभोक्तालाई नयाँ विकल्प प्रदान गर्ने अपेक्षा रहेको कम्पनीले जनाएको छ।
हाइब्रिड सेग्मेन्टमा प्रतिस्पर्धा हुने अर्काे ब्रान्ड जेटोर हो। चीनकै सरकारी स्वामित्वको चेरी अटोमोबाइल समूहअन्तर्गतको प्रिमियम एसयूभी ब्रान्ड जेटोर पनि एक्स्पोमा देख्न सकिन्छ। जेटोर नेपाली बजारमा प्रवेश गर्न लागेको नयाँ ब्रान्ड हो। यसलाई पनि लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई–मोबिलिटीले प्रदर्शन गर्न लागेको हो।
जेटोरले विशेष गरी पारिवारिक यात्रा, लामो टुर र क्याम्पिङ रुचाउने ग्राहकलाई लक्षित गरी उच्च ग्राउन्ड क्लियरेन्स, मस्कुलर डिजाइन र आधुनिक हाइब्रिड पावरट्रेनयुक्त ठूला, आरामदायी र बलिया गाडी उत्पादन गर्छ।
हाइब्रिड सेग्मेन्टमा एक्स्पोमा प्रदर्शनी हुने यी ब्रान्ड र मोडलबिच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ। यी ब्रान्डहरुको प्रवेशसँगै हाइब्रिड सेग्मेन्टका गाडीप्रति रुचि भएका ग्राहकका लागि विकल्प थपिने छ।-(क्यापिटल नेपाल)
तपाईको प्रतिक्रिया