पोखरा एक्सप्रेस ,पर्वत ।
पर्वतको कुश्मा नगरपालिका–५ स्थित बन्जिसाईडको भिरबाट हामफालेका व्यक्तिको शव सशस्त्र प्रहरीले निकालेको छ ।
बागलुङ नगरपालिका–१४ नारायणस्थान घर भएका अन्दाजी ३३ वर्षीय दीपेन्द्र नेपाली साउन ४ गते साँझ करिब ९ बजे उक्त भिरबाट हाम फालेका थिए ।सो लगत्तै उनको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं २५ चण्डिका गण पर्वतबाट खटिएको टोलीले फेला नपारेपछि पुनः आज बिहान उक्त गणबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्तसहित सशस्त्र प्रहरीले उनको शव करिब सवा ७ बजे फेला पारेको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
सो टोलीले उनको शव रोप रेस्क्यु विधिद्वारा करिब १ सय ३० मिटर तल भिरबाट झन्डै ३५ मिनेटको प्रयासमा निकालेको थियो । उनी सामान्य घरायसी विवादका कारण उक्त भिरबाट हाम फालेको बताइएको छ ।
तपाईको प्रतिक्रिया