पोखरा एक्सप्रेस ,पोखरा ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा पोखरा १९ ले महेन्द्र मावि घार्मीलाई त्रिपाल हस्तान्तरण गरेको छ ।
विश्व रेडक्रस दिवसका अवसरमा शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी उपशाखाले ३ थान पाल हस्तान्तरण गरेको हो । कार्यक्रममा उपशाखाका सभापति रमेश विश्वकर्मा, रेडक्रस अभियन्ता श्यामसुन्दर आचार्यले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ लामिछाने, निमित्त प्रधानाध्यापक नन्दराज दाहाल र निवर्तमान प्रधानाध्यापक बासुदेव पौडेललाई सो सामाग्री हस्तान्तरण गरे । सभापति विश्वकर्माले रेडक्रस मानविय सेवाका क्षेत्रमा केन्द्रित रहेको बताउँदै, विद्यालयको आवश्यकता अनुसार सहयोग गरिएको बताए । व्यवस्थापन समितिका अध्यक्ष लामिछानेले रेडक्रसले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गर्दै, विद्यालयमा पनि जुनियर रेडक्रस सर्कल क्रियाशिल रहेको जानकारी गराए ।
कार्यक्रममा निमित्त प्रधानाध्यापक नन्दराज दाहाल, निवर्तमान प्रधानाध्यापक बासुदेव पौडेल, अभियन्ता श्यामसुन्दर आचार्य, माधव गौतम,शिक्षक सरद सापकोटा लगायतले विद्यालयको मञ्च व्यवस्थापनमा सहयोग पुग्ने बताए ।सो अवसरमा विद्यालय क्षेत्र वरपर सरसफाई पनि गरिएको उपशाखाले जनाएको छ । मानव सेवामा सर्मपित रेडक्रसले त्यस वडाका बिभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको छ ।
तपाईको प्रतिक्रिया