- Pokhara Express
- २०८२ चैत ३० सोमबार
पोखरा एक्सप्रेस ,पोखरा
धनकुटा नगरपालिका वडा नं.–१ का दुर्गा दर्लामी यसको उदाहरणीय पात्र हुन् । २०७५ सालबाट मौरीपालन सुरु गरेका दर्लामीको अहिले मुख्य आम्दानीको आधार बनेको छ ।
पाख्रिवास नगरपालिका वडा नं.–९, मजुवाको जंगलबीच करिब सय घार मौरीपालन गरेर दर्लामीले वार्षिक करिब ६ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । प्रयोगविहीन जमिनको सदुपयोग गर्दै आम्दानी लिन पाउँदा उनी निकै सन्तुष्ट छन् ।
त्यस्तै, विदेशबाट फर्किएका शुक्र राईले पनि मौरीपालन पेशामा राम्रो सम्भावना देखेर पेसा सुरु गरेका छन् । सुरुमा सामान्य रूपमा थालेको मौरीपालन अहिले व्यवसायमा परिणत भएको छ । अहिले उनीसँग दुई सयभन्दा बढी आधुनिक मौरीघार छन् ।
मौरीपालन मात्रै होइन राईले आधुनिक घार उद्योग पनि सञ्चालन गर्दै आएका छन् । उनले वार्षिक रुपमा ५ सयदेखि ७ सय घार बनाएर मौरी सहित तथा घार मात्रै विक्रि गर्दै आएका छन् । राईले मह, मौरी र घार बिक्रीबाट वार्षिक २० देखि २२ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताएका छन् ।
धनकुटाको जलवायु र भौगोलिक बनावट मौरीपालनका लागि उपयुक्त मानिन्छ । विशेषगरी गर्मी हुने तल्लो भेग, जंगल र खोलाछेउका क्षेत्र मौरीका लागि अनुकूल वातावरण बन्ने गरेका छन् । यही कारण पछिल्लो समय धेरै कृषक यसतर्फ आकर्षित भएका छन् ।
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा परम्परागत तथा आधुनिक गरी ११ हजार ९३२ घारमा ‘सेरेना’ जातको मौरीपालन हुँदै आएको छ । यसबाट वार्षिक करिब २९ दशमलव ६ मेट्रिकटन मह उत्पादन भइरहेको छ । मह बिक्रीबाट मात्र कृषकहरूले करिब ४ करोड रुपैयाँ आम्दानी गरिरहेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानामगरले बताए ।
उनका अनुसार धनकुटाको माथिल्लो क्षेत्रमा तरकारी उत्पादन हुने गरेकोले विषादीको प्रयोग हुने गरेको छ । जसले गर्दा मौरीपालनमा समस्या हुने गरेको छ । तर, तल्लो क्षेत्रमा भने मौरीपालन व्यवसाय फस्टाउँदो अवस्थामा रहेको छ ।
कृषि ज्ञान केन्द्रले पनि युवालाई लक्षित गरी मौरीपालन कार्यक्रमलाई प्राथमिकता दिएको छ । यसले कुषिमा रोजगारी सिर्जना मात्र नभई स्थानीय किसानको जीवनयापनमा समेत सकारात्मक प्रभाव पारेको प्रमुख रानामगरले बताए ।
धनकुटाको महालक्ष्मी नगरपालिका, पाख्रिवास नगरपालिका र सहिदभूमि गाउँपालिकामा सबैभन्दा बढी मह उत्पादन हुने गरेको ज्ञान केन्द्रको तथ्यांक रहेको छ ।
विषादीरहित मह भएकाले यसको बजार माग उच्च रहेको छ । उत्पादन भएको मह स्थानीय बजारदेखि तराईका बजार, काठमाडौं उपत्यका हुँदै अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गरेको छ । यसले गर्दा मौरीपालनमा लागेका धनकुटाका कृषकका लागि दिगो आम्दानी र आत्मनिर्भरतातर्फको बलियो आधार बन्दै गएको छ ।
तपाईको प्रतिक्रिया