पोखरा एक्सप्रेस , बुटवल ।
पाल्पाको रामपुर नगरपालिका–३ गैँडुनमा बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार लु ३ त ७२५ नम्बरको ट्याक्टर पल्टिँदा रामपुर–४ बाङ्गेपसल निवासी ४२ वर्षीय टेकबहादुर आलेको मृत्यु भएको हो।
प्रहरीका अनुसार रामपुर–३ का स्थानीय दुर्गबहादुर मल्ल ठकुरीको बारी जोत्ने क्रममा ट्याक्टर घुमाउने क्रममा अनियन्त्रित भई पल्टिएको थियो। ट्याक्टर पल्टिएपछि त्यसैमा च्यापिँदा चालक आलेको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको र आवश्यक प्रक्रिया अघि बढाइएको पाल्पाका डिएसपी होम प्रकाश चौधरीले जानकारी दिए।
तपाईको प्रतिक्रिया