जिल्ला समन्वय समिति कास्कीको स्वास्थ बिमा सम्बन्धि अन्तर्क्रीया सम्पन्न
- Pokhara Express
- २०८२ माघ १५ बुधबार
स्वास्थ्य बिमा कार्यक्रम तत्काल ब्यबस्थित बनाउन जरुरी – जिसस कास्की प्रमुख पौडेल
पोखरा एक्सप्रेस ,पोखरा ।
जिल्ला समन्वय समिति कास्कीले स्वास्थ बिमा सम्बन्धि सरोकारवालाहरू संग अन्तर्क्रीया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो।
प्रमुख पौडेलले स्वास्थ्य बिमा बोर्डको संरचनागत सुधार ,कमजोर दाबी ब्यबस्थापनको सबलिकरण ,अस्पतालहरूको सुदृढीकरण, औपचारिक क्षेत्रको सक्रिय सहभागीता ,सामाजिक सुरक्षाका छरिएका कार्यक्रमको एकीकृत ब्यबस्थापन र नेपाल सरकारको अपनत्वमा वृद्धि जस्ता कार्य तत्काल गर्नुपर्ने आबश्यकता देखिएको उल्लेख गर्नुभयो । स्वास्थ्य सेवा प्रदायक संस्था र सेवा उपलब्धताका गुणस्तर निरन्तर वृद्धि गर्नुपर्ने भन्दै जन गुनासोको समयमै सम्बोधन गर्न आग्रह गर्नु भयो ।
सूचना प्रणालीको सुदृढीकरण ,अस्पतालमा इ एम आर लागू गर्नु पर्ने ,सेवाको गुणस्तर तोक्ने र नियमन गर्नुपर्ने ,आधारभुत अस्पताललाई बिमाबाट हटाउनुपर्ने ,स्वास्थ बिमा ऐनको पूर्ण कार्यान्वयन हुनु पर्ने ,प्रीमियम समयानुकूल बनाएर सुबिधा थप गर्नुपर्ने ,प्रथम सेवा बिन्दुको अबधारणा हटाउनु पर्ने जस्ता सुझाव प्राप्त भएको भन्दै सुधारका लागि तिनै तहका सरकार गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो।
स्वास्थ बिमामा बिषयमा गुणस्तरीयताका सम्बन्धमा प्राप्त जनगुनासोको सम्बोधन गर्दै थप ब्यबस्थित बनाउनेतर्फ स्वास्थ्य बिमा बोर्ड, सेवा प्रदायक स्वास्थ संस्था र सम्बन्धित सरकारी कार्यालयको प्रभाबकारी समन्वय जरुरी देखिएकोले तत्काल कार्ययोजना बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा स्वास्थ बिमा कार्यक्रमका बर्तमान अवस्था र चुनौती बिषयमा गण्डकी प्रदेश सरकार चिकित्सा सेवा महाशाखा प्रमुख डा.रमेश कुमार के सि ले अबधारणामुलक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो।
डाक्टर के. सि. ले कास्कीमा ५० प्रतिसत जनसंख्याले स्वास्थ्य बिमाको सेवा प्राप्त गरेको जानकारी दिदै प्रथम सेवा बिन्दु र प्रेषित बिमारीको उपचार गर्ने संस्था बिच उपयुक्त संयोजन र समन्वय कार्य गुणस्तरीय बनाउनेतर्फ केन्द्रित भएको उल्लेख गर्नुभयो। उहाँले स्वास्थ बिमा क्षेत्रमा भएका कमि कमजोरी निराकरणमा प्रतिबद्धताका साथ काम गरिरहेको उल्लेख गर्नुभयो।
स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेश संयोजक जिबलाल खरेलले नागरिक समाजका अगुवा रामबहादुर पौडेल ,सहितले स्वास्थ्य बिमाका सम्बन्धमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा नेपाल बिमा प्राधिकरण ,स्वास्थ बिमा बोर्ड ,कास्कीस्थित सरकारी तथा निजि स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि , सेवाग्राही र सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो।
तपाईको प्रतिक्रिया