पत्रकार पौडेलको रचनामा चेतनको नयाँ गीत ‘मेरो देश नेपाल’ सार्वजनिक
- Pokhara Express
- २०८२ पौष १९ शनिवार
गायक राईकै सङ्गीतमा तयार भएको गीत गीतकार प्रतिष्ठान नेपालका कार्यसमिति सदस्य समेत रहेका पोखराका पत्रकार राजाराम पौडेलले रचना गरेका हुन् । लकडाउन १२० गीति सङ्ग्रह पाठकमाझ पस्केका पौडेलका साना बाबु नानी, हामी गीत गाउँछौँ गीत सार्वजनिक भइसकेका छन् । सबिर कार्कीले एरेन्ज गरेको गीत मिक्सिङ एण्ड मास्टरिङ गोविन्द सोनीले गरेका हुन् ।
गीतको भिडियो समेत आकर्षक बनेको छ । भिडियोमा चेतन राई सहित प्रविण पुरी, सागर बसेल, अनिता पराजुली, समीक्षा पौडेल, रिता अछामी, सुमी लामाले अभिनय गरेका छन् । बाल कलाकारको रुपमा चिरायु विक्रम राई र चाहना राई भिडियोमा रहेका छन् । गायक राईले निर्देशन गरेको भिडियोको सह निर्देशन प्रविण पुरी, सम्पादन राज धामी, सिनेमेट्रोग्राफरको रुपमा सविन तिमिल्सिना र ड्रोन सटमा योगराज विश्वकर्माले साथ दिएका छन् ।
सल्यान जिल्लामा जन्मेका गायक राईले पप तथा आधुनिक विधाका गीत गाउने गर्छन् । उनको पहिलो एलबम सन् २०१० मा बजारमा आएको थियो । ‘सेभेन’ नामको यो एलबमले दर्शक श्रोतामाझ उनलाई त्यस समयमा परिचित गरायो ।
त्यसपछि सन् २०१५ म दोस्रो एलबम ‘साउण्ड’ निकाले । केही वर्षको अन्तरालमा तेस्रो एलबम ‘स्टेप’ उनले पस्केका थिए । एकपछि अर्को साँगीतिक कोसेली पस्केका उनी देश तथा विदेशका कार्यक्रममा समेत व्यस्त हुन थालेका छन् । ‘स्पीड’ उनको चौथो एलबम हो ।
गीतको भिडियो राईले आफ्नै युट्युब च्यानल चेतनराई अफिसियलबाट सार्वजनिक गरेका छन्। सेकाइ इन्टरटेनमेन्टको प्रस्तुतीमा तयार भएको भिडियो हेरेर प्रतिक्रिया दिन गायक राईले आग्रह गरेका छन् । गीतमा देशको कला संस्कृति र जन्मभूमि प्रतिको स्नेहलाई प्रस्कन खोजिएको छ ।
तपाईको प्रतिक्रिया