पोखरा एक्सप्रेस ,लेखनाथ।
पोखरा महानगरपालिका वडा नं २९ मा रहेको पुलचोक बगादी विरौटा टोल विकास संस्थाको ११ औं बार्षिक साधारण सभा तथा ५औं अधिवेशनले आगामी कार्यकालका लागि बलबहादुर विकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा वविता सुनार,सचिवमा सन्तोष सुर्खाली,कोषाध्यक्षमा एलिजा सुनार, सहकोषाध्यक्षमा निरुदेवी सुनार,सह सचिवमा धनकुमारी बराइली चयन भएका छन् ।
यसै गरी सदस्यहरुमा रामबहादुर हमाल,बालकृष्ण आचार्य,कलावती अधिकारी, विनु खत्री ,राममाया सुनार, आशा सुनार ,विरेन्द्र हमाल, योगराज पौडेल रहेका छन् भने १ सदस्य पछि थप गरिने निर्वाचन संयोजक झविन्द्रराज आचार्यले जानकारी दिए ।
नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउदै समाजसेवी पोखरा महानगरपालिका वडा नं २९ की वडा सदस्य सुकमायाँ सुनारले आफनो टोलको विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न सुझाव राख्दै स्थानीयको सहभागीतामा नै वडाले विकास निर्माणका कामहरु अगाडि बढाएको धारणा राखिन् ।
संस्थाका अध्यक्ष सन्तोष हमालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव,कोषाध्यक्ष ,अध्यक्ष लगायतका प्रतिवेदनहरु सर्वसम्मत पारित भएका थिए । नयाँ कार्यसमितिका अध्यक्ष बलबहादुर विकले भावी योजना प्रस्तुत गरेका थिए । संस्थामा १ सय २५ जना सदस्य आवद्घ रहेका छन् ।
तपाईको प्रतिक्रिया