कंक्रिटको घेराबिच जोगिर्दै उर्वर माझठानाको टारी
- Pokhara Express
- २०८२ पौष ७ सोमबार
पोखरा एक्सप्रेस ,पोखरा ।
कास्की जिल्ला परम्परागतदेखि नै उर्वर भूमिकारुपमा चिनियको थियो । वैदामको वारी, आर्वाको घारी र माझठानाको टारी यी तिनै क्षेत्र कुनै समय जिल्लाका प्रमुख अन्न भण्डारकारुपमा परिचित थिए । तर समय फेरियो, सहर पैmलियो उर्वर जमिन माथि कंक्रिट ठडिन थाले । फेवातालको किनारा पर्यटकीय क्षेत्रका रुपमा विकसित वैदामको सम्पूर्णवारी कंक्रिट वस्तिमा परिणत भएको छ भने आर्वाको घारी पनि विस्तारै अव्यवस्थित वसोवासको चपेटामा परेको कारण उर्वर भूमि दिनप्रतिदिन खुम्चिदै गएका छन् । यी सवै परिवर्तनका बीच पनि माझठानाको टारी भने हरियाली र उत्पादनको प्रतिक बनेर उभिएको छ । साविक माझठाना गाविस र हाल पोखरा महानगरपालिका वडा नं. २८ को सो क्षेत्रका सम्पूर्ण टारीहरुको माथिल्लो भागमा वस्ति र जंगल रहेको कारण तल्लो भागमा रहेका टारी बर्षासंगै बगेर आउने पातपतिङ्ग सहित मलले मलिलो हुँदा उत्पादनमा बृद्धि हुने गरेको सजिलोसंग अड्कल गर्न सकिन्छ । हजारौ हेक्टरमा पैmलिएको सो क्षेत्रका टारी आज पनि फाँट जस्तै देखिनु यसको विशेषता बनेको छ । टारीको माटोमा उर्वरता, हावामा माटोको गन्ध छरत किसानको हातमा हँसिया र कोदालो छन् । यस्तै विविध कारण यो टारी अहिलेसम्म पनि वस्तिको चपेटाबाट जोगिन सफल भएको छ । यस टारीको सवै भन्दा ठूलो विशेषता भनेको सिँचाई हो । टारीका अधिकाँश खेतमा प्राकृतिक मुत्र (श्रोत) रहेका छन् जसवाट बर्षभरिनै पानीको सुविधा पुगेको स्पष्ट देख्न र अनुभूति गर्न सकिन्छ । वाह्ररै महिना सिँचाईको सुविधा पुगेको कारण टारीमा धान, मकै, गहुँ, तोरी देखि तरकारी लगायत अन्य नगदे वालीहरु उत्पादन हुँदै आएको छ । सिँचाईको यही सुनिश्चितताको कारण अहिले पनि माझठानाको टारी जिवित कृषि क्षेत्रकारुपमा टिकाई राखेको छ । सहरीकरणको दवाव तिब्र हुँदै जाँदापनि यहाँको उत्पादनको भण्डार टारी अभैmपनि सुरक्षित रहनु स्तानीय किसानहरुको निरन्तर लगनशिलता र भूमिप्रतिको आत्मियताकै परिणाम हो । कतिपय कृषकका लागि यो टारी केवल जिविकोपार्जनको श्रोत मात्र नभई पुस्तौदेखि जोडिएको पहिचानपनि हो । जमिन बाँझो राख्नु आफु स्वयं र राष्ट्रिय उत्पादकत्वमा समेत असर पर्ने सोच यहाँका किसानमा जिवितै छ । कास्की जिल्लामा पछिल्ला बर्षमा कृषि भूमि तिब्ररुपमा घट्दै गएको छ सडक, भवन र आधुनिक पूर्वाधारको विस्तारसंगै खेतियोग्य जमिन वस्ति विस्तार हुने क्रममा सिमेन्टमा ढाकिँदै गएको यथार्थताका बीच पनि माझठाको टारीले फरक कथा भन्दछ ।यो टारीले विकास संरक्षण संगसंगै अघि वढ्न सक्ने सम्भावनाको संकेट गरिरहेको छ । यदि स्थानीय तह र सरोकारवाला निकायले समयमै कृषि भूमि संरक्षणमा ध्यान दिए, सिचाई श्रोतको संरक्षण गरेर किसानलाई प्रोत्साहनका कार्यक्रम ल्याउने हो भने माझठानाको टारी अतितको स्मृति नभई भविष्यको खाद्य संरक्षणको आधार बन्ने सक्दछ ।कंक्रिटको घेरा बीच जोगिएको यो टारी आज जिल्लाको उर्वर भूमि संरक्षणको मौन सन्देश बोकेर उभिएको छ । टारीमा अहिलेपनि खासै बाँझो जग्गा देख्न पाइदैन किसानले सवै सिजनमा खेती गर्ने हुँदा सो क्षेत्रको खेत वारी हराभरा देखिन्छ । त्यस्ता टारीहरुमा पनि भुमाफियाको चलखेल नपर्ला भन्न सकिदैन । पछिल्लो समय जग्गाका कारोवारीहरु सरहका ठूला जग्गा चिरा पारेर सकिएसंगै ग्रामिण क्षेत्रतर्पm लाग्न शुरु गरेको स्पष्ट देख्न सकिन्छ । पोखरा उपत्यकाका तालहरुले सिञ्चित फाँटहरु विस्तार सागुरिदै गएका छन् । फेवा सिंचाईको व्यवस्था भएको यहाँको विरुवा फाँट, सेतीनहको कुडहर फाँट, कंक्रिट वस्तिमा परिणत भएपछि अहिले नहरको पानीको उपयाग विहिन बनेको छ भने अन्य लेखनाथका फाँटहरुपनि तिब्र वस्ति विकासको क्रममा रहेका छन् । सरकारकाले यस्ता उर्वर भूमिको संरक्षण गरि उत्पादनसंग जोडनका लागि आवश्यक निती निर्माण गर्न अपरिहार्य छ । माझठानाका जस्ता टारी जिल्ला भित्र धेरै रहेका छन् त्यस्ता जग्गालाई कृषि क्षेत्र घोषणा गरि उत्पादिन वस्तुको बजारीकरणका लागि सम्वन्धि निकायले ध्यान दिन सके कृषक उत्पादनसंग जोडिने र जग्गा खण्डीकरण समेत रोकिने प्रचुर सम्भावना रहेको छ ।
तपाईको प्रतिक्रिया