पोखरा एक्सप्रेस ,पोखरा ।
श्री राधाकृष्ण मन्दिर शान्ति आश्रम पोखरा—३२ श्यामघाट, लामेआहालको ३३ औं साधारणसभा तथा आठौं अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
आश्रमको सह अध्यक्षमा रामचन्द्र सिग्देल, उपाध्यक्षमा बिमलाकुमारी थापा बस्नेत, सचिवमा भुलाप्रसाद भण्डारी, सह—सचिवमा भगवती पन्थ र कोषाध्यक्षमा मोहनराज बराल निर्वाचित बन्नुुभएको छ ।
समितिका सदस्यहरूमा चुडामणि वाग्ले, दामोदर पौडेल, मोहनकुुमार प्रधान, गुुरुप्रसाद पौडेल, ज्योतिप्रकाश तिमिल्सिना र माधवशरण लामिछाने निर्वाचित बन्नुभएको छ ।
समितिको अध्यक्ष राधाकृष्ण मन्दिर शान्ति आश्रमका पीठाधिश हुने व्यवस्था रहेकोमा हाल मुकुन्दशरण उपाध्याय पीठाधिशका रुपमा रहनुुभएको छ । १५ सदस्यीय समिति रहने व्यवस्था बमोजिम तीन जना सदस्य पीठाधिशबाट मनोनयन गरिनेछ । राधकृष्ण गुुरुकुल र राधाकृष्ण बृद्धाश्रमको अध्यक्ष दुुई जना पदेन सदस्य हुने जनाइएको छ ।
अधिवेशन सम्पन्न गर्नका लागि खेमराज अधिकारीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । समितिका सदस्यहरूमा विश्वराज लामिछाने र कृष्णप्रसाद पाण्डे रहनुभएको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले यस क्षेत्रको समग्र विकासका लागि सबैको एकतावद्ध प्रयास आवश्यक हुने बताउनुुभयो ।
राधाकृष्ण मन्दिर शान्ति आश्रमका पीठाधिश एवम् समितिका अध्यक्ष मुकुन्दशरण उपाध्यायले धेरै संघर्ष गरेर यो संस्था स्थापना भएको बताउँदै यसको विकास र समुन्नतिका लागि सबैले आ आफ्ना स्थानबाट सहयोग गर्नुुपर्नेमा जोड दिनुुभयो ।
समितिका अध्यक्ष मुकुन्दशरण उपाध्यायको सभापतित्व एवम् सचिव घनश्याम खनालले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत माधवशरण उपाध्यायाले गर्नुभएको थियो । कार्यक्रममा राधाकृष्ण मन्दिर शान्ति आश्रमका सह अध्यक्ष गणेशबहादुर खत्री, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका अध्यक्ष नगेन्द्र रेग्मी, ठाकुरप्रसाद वाग्ले, विश्वराज लामिछाने, हरिप्रसाद खनाल, तुलसीशरण उपाध्याय लगायतले बोल्नुुभएको थियो ।
तपाईको प्रतिक्रिया