पोखरा एक्सप्रेस ,पोखरा ।
हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु—१६ अन्तर विद्यालय पुरुष टि—२० क्रिकेट प्रतियोगितामा डायमण्ड सेकेण्डरी स्कुल सेमी फाइनलमा प्रवेश गरेको छ । बुधवार सम्पन्न खेलमा ग्लोबल लाई १८ रनले पराजित गदै डायमण्ड प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगितामा लभिन र टप्स बिचको पहिलो खेलमा टप्सले टस जितेर ब्याटिङमा उत्रिदा २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ५२ रन बनायो । जसमा सुजन थारुले ४० बलमा ३८ रन, शिव प्रसाद सुवेदीले २० बलमा ३३ रन र निश्चल अधिकारीले २७ बलमा २० रन बनाउन सफल भए ।
त्यस्तै लभिनका बलर आरभ मानन्धरले २ विकेट र प्रज्वल गुरुङले २ विकेट लिन सफल भए । १ सय ५३ रन पछ्याएको लभिनले १३.५ ओभर खेल्दै १० विकेटको नोक्सानीमा ४३ रन बनाउन सफल भए । जसमा अविभजंग कुँवरले १२ बलमा ९ रन, त्यसैगरी टप्सका बलर साजन शर्माले ४ ओभरमा १ मेडेन राख्दै ७ रन दिदै ५ विकेट लिन सफल भए । त्यसैगरी अनुज शर्माले ४ ओभरमा १२ रन दिदै ३ विकेट लिन सफल रहे । उक्त खेलको म्यान अफ दी म्याच टप्सका साजन शर्मा घोषित भए ।
त्यसैगरी डायमण्ड र ग्लोबल बिचको दोश्रो खेलमा डायमण्डले टस जितेर ब्याटिङ लियो । जसमा डायमण्डले २० ओभरमा १० विकेटको नोक्सानीमा १ सय १७ रन बनाउन सफल भयो । जसमा अविरल पोख्रेलले २६ बलमा २९ रन, अशोक राज तिमिल्सिनाले २६ बलमा २० रन बनाउन सफल भएभने ग्लोबलका बलर सक्षम सापकोटाले ४ ओभरमा ११ रन दिदै ३ विकेट लिन सफल भए । त्यस्तै कबिर खत्रीले ४ ओभरमा १७ रन दिएर २ विकेट लिन सफल भए । जवाफी ब्याटिङमा उत्रेको ग्लोबलले २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा ९९ रन बनाउन सफल भयो । जसमा अर्जुन वाग्लेले ३९ बलमा १७ रन र कबिर खत्रीले २२ बलमा १९ रन बनाए । त्यसैगरी डायमण्डका बलर सबुद सुवेदीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिन सफल भए । उक्त खेल डायमण्डले १८ रनले जित्न सफल भयो । खेलको म्यान अफदी म्याच अभिरल पोख्रेल हुन सफल भए ।
प्रतियोगिता अन्तर्गत पुष ५ गते शनिबार सेमिफाइनल अन्तर्गत पहिलो खेल जनप्रकाश मावि र हिमालयन सेकेण्डरी स्कुल र दोश्रो खेल प्रतिभा सेकेण्डरी र डायमण्ड बिच हुने छ ।
तपाईको प्रतिक्रिया