स्वदेशी उत्पादन लागि एगाको “प्रथम हस्तकला तथा गार्मेन्ट मार्ट–२०८२” हुदै
- Pokhara Express
- २०८२ मंसिर २९ आइतबार
पोखरा एक्सप्रेस, पोखरा ।
“स्वदेशी उत्पादन हाम्रो पहिचान” भन्ने मूल नारासहित इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन (एगा) पोखराले गण्डकी प्रदेशमा पहिलोपटक “प्रथम हस्तकला तथा गार्मेन्ट मार्ट–२०८२” आयोजना गर्ने भएको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजनामा र एगा पोखराको सह–आयोजनामा पौष १४ र १५ गते पोखराको लेकसाइडमा हुने संस्थाले पत्रकार सम्मेलनमा मार्फत जानकारी गराएको हो ।
एगा पोखरा २०६१ सालमा स्थापना भएदेखि नै हेम्प, अल्लो, सिस्नो, ऊन, केरा लगायत प्राकृतिक लोकताजन्य रेशा प्रयोग गरी बनेका कपडा र सुभिनियर सामग्रीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने अभियानमा सक्रिय रहँदै आएको अध्यक्ष गोर्कण लम्सालले बताउनुभयो । उहाँका अनुसार हाते तान उद्योग, हस्तकला र घरेलु उत्पादनमा संलग्न उद्यमीहरूलाई तालिम, सीप विकास, बजार अभिमुखीकरण र उत्पादन विस्तारका कार्यक्रम सञ्चालन गर्दै आएको एगाले यस मार्ट मार्फत कास्की, स्याङ्जा, लमजुङ, म्याग्दी, नवलपुर, पर्वत र रुकुम पूर्वलगायत जिल्लाका घरेलु उत्पादनहरू एकै स्थानमा प्रदर्शन गर्नेछ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय प्रमुख मणीराज लामिछानेले पर्यटकीय शहर पोखरामा अंग्रेजी नयाँ वर्षको समयमा लेकसाइडमा हुने मार्टले पर्यटन प्रवद्र्धनसँगै स्वदेशी उत्पादनलाई विश्वबजारसम्म पुरयाउन सहयोगी हुने विश्वास व्यत्त गर्नुभयो । उहाँले भन्नुभयो “ग्रामीण भेगमा उत्पादन भइरहेका हस्तकला र स्थानीय कपडालाई मुख्य बजारसँग जोड्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार पहुँच विस्तार गर्ने तथा स्वदेशी उत्पादनलाई स्थापित गर्न महत्वपूर्ण योगदान पु¥याउनेछ ।”
कार्यक्रम संयोजक सुरेन्द्र पौडेलका अनुसार मार्टमा करिब १२ वटा स्टल र ४ वटा हाते तान रहने छन् । स्वदेशी कच्चा पदार्थबाट बनेका औषधीय गुणयुक्त कपडा तथा सामग्री हालै पर्यटन बजारमा लोकप्रीय बन्दै गएको उल्लेख गर्दै मार्टले यसको बजार विस्तारमा टेवा पु¥याउने बताउनुभयो ।
मार्टमा सहभागी उद्यमीहरूले हाते तानमा कपडा बुन्ने प्रक्रिया प्रत्यक्ष प्रदर्शन गर्नेछन् । गण्डकी प्रदेश पर्यटन रणनीति अनुसार हरेक वर्ष २५ लाख पर्यटक भित्र्याउने र प्रदेशको जिडिपीमा ७% योगदान पु¥याउने लक्ष्यअनुसार हस्तकला तथा घरेलु उत्पादन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास समेत गरिएको छ ।
स्वदेशी उत्पादन प्रवद्र्धन, स्थानीय रोजगारी सिर्जना, युवा पलायन रोकथाम र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा मार्ट महत्वपूर्ण हुने पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले बताउनुभयो ।
मार्टमा जानकारीमूलक स्लाइड शो, सांस्कृतिक प्रस्तुति, टक–शोमार्फत व्यवसायी तथा घरेलु उद्यमीबीच सम्भावना, अवसर तथा समस्या समाधानबारे छलफल हुनेछ । साथै ब्रोसर तथा सूचना सामग्री वितरण गरी हस्तकला र गार्मेन्ट क्षेत्रबारे विस्तृत जानकारी प्रदान गरिनेछ । मार्टमा स्वदेशी तथा विदेशी पर्यटक, विद्यार्थी, व्यवसायी, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, स्थानीय तहका पदाधिकारी, नीति निर्माता तथा सञ्चारकर्मीहरूको सहभागिता रहने जनाइएको छ । यो मार्ट एक वार्षिक कार्यक्रम मात्र नभई स्वदेशी उत्पादन प्रवद्र्धनका लागि दीर्घकालीन अभियानका रूपमा अघि बढाइने लक्ष्य राखिएको सचिव माया सुवेदीले बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष गिता ढकाल, प्राज्ञिक व्यत्तित्व दिपेन्द्र पहारी लगायतका वक्ताले मार्टको महत्व माथि प्रकाश पार्नुभएको थियो । सो अवसरमा पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले मार्टको लोगो सार्वजनिक गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया